arrow

राष्ट्रपति ओबामा बिहीबार फ्लोरिडा जाने

logo
प्रकाशित २०७३ जेठ ३२ मंगलबार
obama-best.jpg.jpeg
वासिङ्टन । अमेरिकी राष्ट्रपति बाराक ओबामा संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको ओल्र्याण्डो सहरमा अवस्थित रात्रि क्लबमा भएको नरसंहारस्थलमा आगामी बिहीबार पुग्ने भएका छन् । 
 
उक्त स्थलमा गोली चलाएर एक व्यक्तिले कम्तीमा पनि ४९ जनाको हत्या गरेको थियो । त्यस स्थानमा पुगेर राष्ट्रपति ओबामाले मारिएका व्यक्तिलाई श्रद्धान्जलीका साथै उनीहरुका परिवारलाई समवेदना दिने कार्यक्रम रहेको बताइएको छ । 
 
ह्वाइट हाउसले राष्ट्रपति ओबामा त्यहाँ जाने तयारी गरेको बताएको छ । ह्वाइट हाउसले जनाएअनुसार उक्त स्थलमा पुगेर राष्ट्रपति ओबामाले स्थानीय समुदायलाई सान्त्वना दिनेछन् । सो रात्रि क्लबमा एकजना सशस्त्र बन्दुकधारीले आइतबार गोली चलाउँदा कम्तीमा पनि ४९ जनाको मृत्यु भएको थियो । अरु ५३ जना घाइते भएका छन् । सबैजसो घाइतेको उपचार जारी रहेको प्रहरीले जनाएको छ । 
 
अफगान मूलको अमेरिकी नागरिक ओमार मातिनले सुरुमा सो क्लबमा मनोरञ्जनरत रहेका केही युवालाई बन्धक बनाएको र उनीहरुलाई छुटाउने क्रममा आफैँले बन्दुक हानेर हत्या गरेको थियो ।त्यस आक्रमणमा सम्लग्न व्यक्तिको प्रहरीको गोली लागी मृत्यु भएको छ । प्रहरीले आक्रमणको मुख्य पात्र ओमारका बारेमा खोजी गरेको थियो । सो व्यक्ति अफगान मूलको अमेरिकी नागरिक र उसको नाम ओमार मातिन रहेको छ । 
 
तेइस वर्षको सो व्यक्तिको विगतको व्यवहार र अरु सम्बन्धित विषयमा प्रहरीले खोजी गरिरहेको जनाइएको छ । त्यस घटनाको अनुसन्धान विस्तृत रुपमा गर्न प्रहरीले विशेष प्रहरी युनिट खडा गरेको जनाएको छ । उ मानसिक रुपमा पनि ठीक नपाइएको स्वास्थ्य प्रमाणपत्र पनि प्रहरीले हात पारेको जनाएको छ । त्यस घटनाको जिम्मेवारी भने (इस्लामिक स्टेट) आइएसले लिएको थियो । 
 
घटना भएको लगत्तै आतङ्कवादी संस्था आइएसले त्यस आक्रमणको जिम्मेवारी लिएपछि प्रहरीले उसको बारेमा अनुसन्धान थालेको हो । तर अमेरिकी प्रहरीले सो जिम्मेवारीको विषयमा पूर्ण विश्वास गर्न नसकिने भन्दै त्यस विषयमा पनि अनुसन्धान थालेको छ । 
 
राष्ट्रपति ओबामाले त्यस हत्याकाण्डका विषयमा ह्वाइट हाउसमा बोलाएर अमेरिकी तथा फ्लोरिडा राज्यका सुरक्षा प्रमुखसँग पनि सोधपुछ गर्नुभएको थियो । सोधपुछपछि उक्त हत्याकाण्ड अमेरिकी घरायसी मामिलाको अतिवादसँग सम्बन्धित भएको निष्कर्ष निकालिएको छ । यो आइएसले भनेजस्तो उसले गरेको हत्या नभई अमेरिकामा हुने गरेका समय समयका हत्याकाण्डको नै एक निरन्तरता हो भनिएको छ । सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ