arrow

नेप्सेको इतिहासमै बढी सेयर कारोबार

logo
प्रकाशित २०७३ जेठ ३२ मंगलबार
Nepal-Stock-exchange.jpg.jpeg
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को इतिहासमा पहिलोपटक रु दुई अर्बभन्दा बढी मूल्यको सेयर कारोबार भएको छ । नेप्से परिसुचक १६ दसमलव १४ पुगेको छ । 
 
नेप्सेमा आज सबैभन्दा बढी रु दुई अर्ब १९ करोड ७८ लाख ५९ हजार ८५७ मूल्यको सेयर कारोबार भएको नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले जानकारी दिए । नेप्से अहिलेको स्वरुपमा विसं २०५० देखि सञ्चालनमा आएको हो । 
 
आज १३४ कम्पनीका ३७ लाख ५१ हजार ६३५ कित्ता सेयर किनबेच भएका छन् । यसअघि नेप्सेमा सबैभन्दा बढी रु एक अर्ब ९६ करोड मूल्यको सेयर कारोबार भएको नेप्सेका सहायक प्रवक्ता मुराहरी पराजुलीले बताए । 
 
बजारमा तरलता बढेको, ब्याजदर घटेको, सस्तो ब्याजदरमा ऋण उपलब्ध हुन थालेको, सुरक्षित लगानीका लागि अर्को विकल्प नपाएको लगायतका कारण दिनहुँ सेयर कारोबार बढ्दै गएको अर्थविद्को भनाइ छ । सेयर कारोबारमा कमाई हुन थालेको भन्ने मानसिकताले यस क्षेत्रमा नयाँ लगानीकर्ता थपिएका छन् । 
 
पछिल्लो समयमा बीमा क्षेत्रमा सेयरको कारोबार ह्वात्तै बढेको सहायक प्रवक्ता पराजुलीले जानकारी दिए  । वाणिज्य बैंकले जस्तै बीमा कम्पनीले पनि अधिकृत पुँजी बढाउनुपर्ने कानुनी व्यवस्था छिट्टै आउन सक्ने भन्ने मानसिकताले बीमा कम्पनीको कारोबारमा वृद्धि आएको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ