arrow

पोर्चुगललाई रोक्न आईसल्याण्डलाई रोनाल्डो रोक्नु पर्ने चुनौती

logo
प्रकाशित २०७३ जेठ ३२ मंगलबार
Euro_Por_ICE.jpg.jpeg
काठमाडौं।  समुह 'एफ' अन्तर्गतको दोस्रो खेल अन्तर्गत आज हुने खेलमा   आसल्याण्डले  प्रतियोगोता कै बलियो मानिएको पोर्चुगलको सामना गर्दैछ।पोर्चुगल आजको खेलमा आइसल्याण्ड विरुद्द जित हात पार्दै  आफ्नो  सुखद युरो यात्रा अघि बढाउने तरखरमा हुनेछ भने आइसल्याण्ड पोर्चुगललाई कम्तिमा बराबरीमा रोक्ने दाउमा रहेको छ। 
 
आईसल्याण्डलाई पोर्चुगल रोक्न स्टार खेलाडी रोनाल्डोलाई रोक्नु पर्ने ठूलो चुनौती हुनेछ। रोनाल्डोलाई रोक्न सके आईसल्याण्डले आफुले चाहेको नतिजा निकाल्न सक्ने छ। 
 
पोर्चुगललाइ रोक्न सके बाकीँ अन्य खेलमा जित हात पार्दै समुह चरण पार गर्न सहज हुनैछ भने पोर्चुगलको लागि यो खेलमा जित बाहेक अन्य नतिजा सुखद हुने छैन।
 
दुई टोली बिच २ पटक भेट भएको छ जस्मा दुवै पटक पोर्चुगल बिजयी भएको थियो। सन् २०१२को युरो छनौट चरणको खेलमा पोर्चुवलले दुई पटक जेतिको थियो। पहिलो लेगमा ३-१ले जित हात पारेको पोर्चुगलले दोस्रो लेगमा ५-३ले बिजयी भएको थियो। 
 
सन् २००४को युरोमा पहिलो खेल हारेको पोर्चुगलले उक्त युरोमा फाईनलको यात्रा तय गरेको थियो। 
 
 
पोर्चुगल
स्टार खेलाडी क्रिश्चियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगल यो युरोकपको उपाधिको प्रमुख दावेदार मध्ये एक टोली हो। रोनाल्डो, नानी, पेपे जस्ता स्टार खेलाडी रहेको यो टोलीले हालसम्म एक पटक पनि अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन । त्यसैले यो युरोकप जित्दै उ आफ्ना समर्थकलाई पहिलो उपाधिको खुसीयाली दिन चाहान्छ।  
 
युरोकपमा ६ पल्ट सहभागिता जनाएको पोर्चुगलको सबै भन्दा सुखद् नतिजा सन् २००४ मा आफ्नै घरेलु भूमिमा भएको युरो कपमा फाइनल सम्म पुग्नु हो । हाल फिफा विश्व वरियतामा ८ औ स्थानमा रहेको पोर्चुगल सन् २०१० जुन मा  विश्व वरियतामा ३ औ स्थानमा पुगेको थियो जुन उसको हाल सम्म कै सबै भन्दा उच्च स्थान हो।  जुवा मोउटिनह्यो, नानी, रुई पाट्रिसियो, ब्रुनो एल्भास, पेपे, क्रेश्चियानो रोनाल्डो जस्ता सुपर स्टार रहेको यो टोली आफ्नो पहिलो युरोकप जित्ने ध्यानमा रहेको छ। 
 
 युरोकप अघाडीको मैत्रिपुर्ण खेल
 
पोर्चुगल ७-० स्टोनिया
पोर्चुगल ०-१ इङ्ल्याण्ड
 
 
आइसल्याण्ड
आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको आइसल्याण्डले यो युरोकप को लागि भएको छनोटको समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै यो युरोकपको यात्रा गरेको हो। समुह चरणको  खेलमा शशक्त रुपमा हेरिएको  नेदरल्याण्डसंग भएका (दुबै खेल होम एण्ड अवें)मा जित हासिल गरेर सबैलाई चकित बनाएको आइसल्याण्ड ठुला टोलीलाई हराउन सक्ने देखाएको छ। 
 
आफ्नो पहिलो युरोकप उसको लागि सिक्ने ठाँउ बन्नेछ। 
 
युरोकप अघाडीको मैत्रिपुर्ण खेल
 
आइसल्याण्ड ४-० लिचेष्टाइन 
आइसल्याण्ड २-३ नर्वे



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ