काठमाडौं। फ्रान्समा जारी युरो २०१६मा तुलनात्मक रुपमा बलियो मानिएको अष्ट्रियालाई हंगेरीले पराजित गर्दै सुखद शुरुवात गरेको छ। आफ्नो पहिलो खेल जित्दै हंगेरीले स्पष्ट ३ अंक प्राप्त गरेको छ।
खेलको ६३औं मिनेटमा एदम जलाईले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए भने १० जनामा समेटिएको अष्ट्रियाले आक्रमक खेल खेल्दा ८७औं मिनेटमा काउण्टर प्रहारमा जोटान स्टाईबरले दोस्रो गोल गरेका थिए। अष्ट्रियाका एलेक्जेण्डर ड्रागोविचले ६६औं मिनेटमा दोस्रो पहेंलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए।
खेलको सुरुवातमा अष्ट्रियाले केही राम्रा आख्रमणहरु गरेता पनि गोल गर्न सकेको थिएन्। अष्ट्रियाको आक्रमणलाई हंगेरीको रक्षापंक्तीले निस्तेज पारेको थियो। त्यसपछि हंगेरीले खेलमा आफ्नो पकड बनाउन थाल्यो राम्रा आक्रमणहरु जारी राखेको थियो।
९० मिनेटको केलमा हंगेरीले ५२% समय बल आफ्नो नियन्त्रणमा लिएको थियो।गोल गर्नमा त्यती नचिनिएको हंगेरीले विश?वलाई अचम्मभित पार्दै एकै खेलमा २ गोल गरेको हो। पुरा खेललाई हेर्दा हंगेरीले अष्ट्रियालाई खेलमा फर्किन दिएको थिएन्।