arrow

नवप्रवेशी आईसल्याण्डसँग पोर्चुगलले अंक बाँड्यो

logo
प्रकाशित २०७३ असार १ बुधबार
Euro_POR_ISL.jpg.jpeg
काठमाडौं। फ्रान्समा जारी युरो-२०१६ फुटबलको समुह 'एफ'मा पोर्चुगल र आईसलयण्डको खेल १-१ गोलको बराबरीमा सकिएको छ। आइसल्याण्ड पोर्चुगललाई रोक्दै अंक बाँडन सफल भएको हो। 
 
खेलको ३१औं मिनेटमा पोर्चुगलका नानीले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। पहिलो पटक युरो खेलीरहेको आइस्लयाण्डले पोर्चुगलको आक्रमण लाई निस्तेज पारेको थियो।
 
खेलको ५५औं मिनेटमा आइसल्याण्डका विर्किर जार्नासनले गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए। छनौट चरणमा नेदरल्ायण्डलाई दुई पटक पराजित गरेको आईसल्याण्डको युरोमा सुखद शुरुवात भएको छ। 
 
खेल शुरुहुनु अघि पोर्चुगललाई सजिलो बिपक्षी भनेर आंकलन गरिएको आईसलयाण्डले खेलको अन्तिम समयमा दोस्रो गोल गर्ने प्रयास पोर्चुगीज गोलरक्षकले बचाउ गरेका थिए। 
 
पोरचुगलकालागि रोनाल्डोले गरेका केही आक्रमणहरु आईसल्याण्डका रक्षापंक्तिले निस्तेज पारेका थिए। खेलमा अधिकांश समय बलमा नियन्तर्ण गरेको पोरचुगल अंक बाड्न पर्दा निराश देखिएको थियो। 
 
खेलको अन्तिम नतिजा पछि आईसल्याण्डका खेलाडीहरुले ठूलै उपलब्धि हात पारेको जस्तै खुशियाली बाँढेका थिए। 
 
Cristiano Ronaldo (2nd left) turns his back on the Iceland team as they celebrate at the final whistle
 
Iceland, appearing in their first major tournament, were evidently delighted to come away with a point
 
Ronaldo complains to referee Cuneyt Cakir (2nd left) at the end of the game at the Stade Geoffroy-Guichard
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ