arrow

डुंगा ब्राजिलको राष्ट्रिय टोली प्रशिक्षबाट बर्खास्त

logo
प्रकाशित २०७३ असार १ बुधबार
Dunga.jpg.jpeg
एजेन्सी । ब्राजिलको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक डुंगा बर्खास्त भएका छन् । ब्राजिल अमेरिकामा जारी कोपा अमेरिका फुटबलको समूह चरणबाटै बाहिरिएपछि फुटबल संघले प्रशिक्षक डुंगालाई बर्खास्त गरेको घोषणा गरेको हो । ५२ वर्षीय बज्रिलियन डुंगा राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकका रुपमा बर्खास्त भएको यो दोस्रो पटक हो ।
 
सन् २०१४ मा भएको विश्वकप फुटबलको सेमिफाइनलमा जर्मनीसँग ७–१ को फराकिलो अन्तरले पराजित भएपछि प्रशिक्षक लुइस फेलिप स्कोलरी बर्खास्त भएपछि डुंगा ब्राजिलको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । 
 
ब्राजिल कोपा अमेरिका फुटबलमा पेरुसँग १–० ले पराजित हुँदै २९ वर्षे इतिहासमा पहिलो पटक समूह चरणबाटै बाहिरिएको छ । यसअघि डुंगा सन् २००६ देखि २०१० सम्म ब्राजिलको राष्ट्रिय टोलीको प्रशिक्षक भएर काम गरेका थिए । यद्यपि, ब्राजिलले सन् १९९४ को विश्वकप फुटबल जित्दा डुंगा कप्तान थिए । उनले उपाधि दिलाएका थिए । ब्राजिलले सर्वाधिक ५ पटक विश्वकप जितेको र दुई पटक उपविजेता बनेको रेकर्ड छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ