arrow

कोपा अमेरिका: पहिलो चरणका खेल सकियो, क्वार्टरफाईनल शुक्रबारदेखि

logo
प्रकाशित २०७३ असार १ बुधबार
Copa-2016-US-Cities.jpg.jpeg
काठमाडौं। समुह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले बोलिभियालाई र चिलीले पनामालाई हराएका छन्। अर्जेन्टिनाले बोलिभियालाई ३-०ले हराउँदै समुह बिजेता बनेको छ। अर्जेन्टिनाले समुह चरणको तीनै खेल जित्दै स्पष्ट ९ अंकका साथ क्वार्ट्रफाईनल प्रवेश गरेको हो। 
 
त्यसैगरि चिलीले पनामालाई ४-२ गोलले हराउँदै समुहको उपबिजेता हुँदै क्वार्टरफाईनल प्रवेश गरेको हो। चिलीको जितमा एलेक्सी सान्चेजले २ तथा एडिवार्डो भारगासले २ गोल गरेका थिए। 
 
समुह चरणको खेल सकिंदा समुह 'ए'बाट अमेरिका र कोलम्बिया दोस्रो चरणमा प्रवेश गरेका छन्। त्यसैगरि समुह 'बी'बाट पेरु र ईक्वेडर , समुह 'सी'बाट मेक्सिको र भेनेजुएला तथा समुह 'डि'बाट अर्जेन्टिना र चिली क्वार्टरफाईनलमा प्रवेश गरेका छन्। 
 
क्वार्टरफाईनल खेल
पहिलो: अमेरिका- ईक्वेडर 
दोस्रो: पेरु कोल्मबिया
तेस्रो: अर्जेन्टिना-भेनेजुएला
चौथो:  मेक्सिको-चिली
 
नेपाली समय अनुसार शुक्रबार बिहान ७:१५ बजे पहिलो क्वार्टरपाईनल खेल हुनेछ भने शनिवार बिहान ५:४५मा दोस्रो तथा आईतवार बिहान ४:४५ र ७:४५मा क्रमश: तेस्रो र चऔथो सेमीफाईनल हुनेछ। 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ