arrow

रोल्पाका २२ गाविसमा मात्र विद्युत लाइन विस्तार

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ असार १ बुधबार
Rolpa-hamrakura.jpg.jpeg
रोल्पा। बजेट अभावका कारण जिल्लाका कुनैपनि गाविसहरुमा अझैसम्म पूर्ण रुपले विद्युतीकरण हुन नसकेको नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रका प्रमुख ईश्वरबहादुर विष्टले बताए। उनका अनुसार हाल सम्म जिल्लाका २२ गाविसमा मात्र आंशिक रुपमा विद्युत लाइन विस्तार भएको छ। 
 
जस अन्तर्गत घोडागाऊँ, जेदबाङ,  सिर्प, बडाचौर, तेबाङ, गुम्चाल, फगाम, मिभिङ, गजुल, ह्वामा, जंकोट, कोटगाउँ, डुब्रिङ, दुबिडाँडाँ, मसिना, गैरीगाउँ, सखी, झेनाम, नुवागाउँ, बुढागाउँ र जिनाबाङ गाविसहरु रहेका छन् । 
 
यी गाविस बाहेक जिल्लाका अन्य २७ गाविसमा विद्युतीकरण गर्न बाँकी नै छ। बत्तीमुनी अधेरो भने झै लिबाङ नगरपालिकाका सम्पूर्ण वडाहरुमा अझैसम्म पनि विद्युत लाइन बिस्तार हुन नसक्नु ठूलो विडम्बना भन्दै स्थानीयबासीहरुले गुनासो गरेका छन्। 
 
जिल्लामा आपुर्ति हुने विद्युत श्रोत अन्तर्गत झिमरुक जलविद्युत केन्द्र प्यूठानबाट झिमरुक लिबाङ सम्म ३३ के.भी फिडर, घोराही सब स्टेशन दाङबाट घोराही होलरी रोल्पा सम्म ११ के.भी. फिडर र तुलसीपुर सबस्टेशन दाङबाट तुलसीपुर कपुरकोट हुँदै बुढागाउँ रोल्पा सम्म ११ के.भी. फिडर विद्युत आपूर्ति भइराखेको छ।
 
जिल्लाका सम्पूर्ण गाविसमा विद्युत लाइन बिस्तार गर्न माग भएपनि अति न्यून बजेटका कारण जनताका माग पूरा गर्न नसकिएको भन्दै केन्द्र प्रमुख विष्टले दुःखेसो पोख्नु भयो।  उहाले भन्नु भयो सरकारले उर्जा संकटका कारण प्रसारण र वितरण भन्दा उत्पादनमा फोकस गरिराखेको छ। जसका कारण जिल्लाका सबै गाविसमा विद्युत लाईन बिस्तार गर्न सकिएको छैन। तर माग भने सबै गाविसबाट आउने गरेको उहाँको भनाइ छ। 
 
जिल्लाका ४३ हजार ७ सय ५७ घरधुरीमा विद्युत लाइन बिस्तार हुनु पर्नेमा आर्थिक वर्ष २०७२-०७३ को बैशाख महिना सम्म जम्मा ८ हजार ५ सय ३७ घरधुरीले मात्र विद्युत उपभोग गर्न पाएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ