arrow

रसिया-स्लोभाकिया, दुवैका आँखा तीन अंकमा

logo
प्रकाशित २०७३ असार १ बुधबार
Russia-Vs-Slovakia.jpg.jpeg
काठमाडौं। युरो २०१६को पहिलो खेलमा रसियाले ईङल्याण्डसँग बराबरी छ भने स्लोभाकिया वेल्ससँग पराजित भएको थियो। रसियाले ईङल्याण्डसँगको केलमा अन्तिम समयमा गरेको गोलले १ अंक प्राप्त गरेको छ भने स्लोभाकिया अंक बिहिन रहेको छ। 
 
नेपाली समय अनुसार बुधबार साँझ ६:४५ बजे रसिया र स्लोभाकिया एक अर्कासँग भिड्दैछन्। दुवै टोली आजको प्रतिस्पर्धामा अंक ल्याउने दाउमा हुने छन्। रसियाले ३ अंक जोडे दोस्रो चरण प्रवेशकालागि सजिलो हुने हुँदा जितकालागि खेल्ने छ। 
 
युईएफएले ईङल्याण्ड बिरुद्धको खेलमा रसियाका समर्थकहरुले गरेको ब्यवहारलाई लिएर अन्तिम चेतावनी स्वरुप जरिवाना गरेको छ। समर्थकहरुको रवैया अझ उग्र रहिरहे रसियाले युरो २०१६को प्रतियोगिता छाड्नु पर्ने हुन सक्ने छ। 
 
रसिया-स्लोभाकिया
रसिया र स्लोभाकिया बिचको केल जहिले पनि प्रतिस्पर्धात्मक हुने गरेको छ। यसअघि ८ पटक एक अर्कासँग भेटेका दुई टोलीले कहिले पनि १ गोलको फरक भन्दा बढिको नतिजा निस्केको छैन्। रसियाले ३ केल जितेको छ भने स्लोभाकियाले २ खेलमा जित हात पारेको छ। 
 
अन्तिम ४ खेलमा दुवै टोलीका तर्फबाट जम्मा तीन गोल भएका छन्। जस्मा २ गोल रसियाले गरेको छ भने १ गोल स्लोभाकियाले गरेको छ। 
 
रसिया
सन् २०१८ को  विश्वकपको आयोजना गर्ने जिम्मा पाएको रसियाली टोलीको लागि यो युरोकप विशेष हुनेछ । सन् १९९६ देखि हालसम्म निरन्तर युरोकपमा छनोट हुँदै आएको यो टोलीको युरोकपमा पाँचौ सहभागिता हो । 
 
११  पटक विश्वकप खेलिसकेको रुस यो प्रतियोगितमा सामान्य टोली हो। ५ पटक छनौट भैसकेको रुस सोभियतसँघ बेलाको छनौट पनि जोड्ने हो भने ११ पटक युरो खेलेको ईतिहास रहेको छ। 
 
छनौट चरणमा दोस्रो भएर युरो २०१६मा छनौट भएको टोली रुसले युरो अघिको मैत्रीपुर्ण खेलहरुमा फ्रान्स, चेक गणतन्त्र सँग पराजय ब्योहोरेको थियो। एलेक्सेण्डर कोकोरीन, फ्योडोर स्मोलोवको आक्रमणमा निर्भर रुसले युरोमा केही आश्चार्यजनक नतिजा निकाले अचम्म हुनेछैन्। 
 
स्लोभाकिया
सन् २०१० को विश्वकप खेलेर प्रि-क्वार्टरफाईनल पुगेको स्लोभाकियाको युरो २०१६मा पहिलो पटक सहभागी हुँदैछ। फिपा बरियतामा २४औं स्थानमा रहेको स्लोभाकिया सन् २०१५ अगस्तमा १४औं स्थानमा रहेको थियो। सन् १९९३मा १५०औं स्थानमा रहेको स्लोभाकियाले युरोमा कस्तो प्रदर्शन गर्नेछ कौतुहलताको बिषय रहेको छ। 
 
युरो छनौट समुहमा स्पेन पछि दोस्रो भएर युरो २०१६कालागि स्लोभाकिया छनौट भएको हो। ईङलीश क्लब लिभरपुलका खेलाडी मार्टिन स्कर्टलको कप्तानीमा रहेको स्लोभाकिया युरोमा संघर्ष गरेर छनौट भएको हो। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ