arrow

डेमोक्र्याटिकको अन्तिम प्राइमरीमा क्लिन्टन बिजयी

logo
प्रकाशित २०७३ असार १ बुधबार
hillary-clinton.jpg.jpeg
वासिङ्टन। अमेरिकामा राष्ट्रपतीय निर्वाचनको प्राइमरीमध्येको राजधानी वासिङ्टन डिसीमा भएको अन्तिम निर्वाचनको परिणाम आएकको छ । 
 
यस निर्वाचनमा डेमोक्र्याटहरुले शक्तिको प्रतिकात्मक रुपमा यो प्राइमरीलाई लिएका थिए । 
 
यस प्राइमरीमा कस्ले जित हातपार्छ भन्ने विषय डेमोक्र्याटिकका बीचमा निकै चर्चाको विषय थियो । तर यसमा हिलरीको विजय सान्दार रुपमा भएको बताइएको छ । 
 
उक्त प्राइमरीमा हिलरीले ७९ प्रतिशत मत ल्याएकी हुन् । डेमोक्र्याटिकका अर्का उम्मेदवार बर्नी सेन्डरले भने २१ प्रतिशतमात्र मत हात पारेका छन् । 
 
हिलरीले आफूलाई आवश्यक पर्ने प्रतिनिधिहरुको समर्थन प्राप्त गरिसकेको बताइएको छ । यसबाट अब उनले अब डेमोक्र्याटिकको तर्फबाट राष्ट्रपतीको उम्मेदवार उठ्ने निश्चितजस्तो भएको छ । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ