arrow

बजेट छलफल असार ६ गतेदेखि

logo
प्रकाशित २०७३ असार १ बुधबार
budget-bag.jpg.jpeg
काठमाडौँ। विनियोजन विधेयक, २०७३ का विभिन्न शीर्षकमा यही असार ६ देखि २२ गतेसम्म छलफल हुने भएको छ।
 
व्यवस्थापिका–संसद्ले आज प्रकाशन गरेको बजेटसम्बन्धी छलफल कार्यक्रमअनुसार विभिन्न मन्त्रालय, सरकारी निकाय एवम् सचिवालयको विनियोजनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले असार १९ देखि २२ गतेसम्ममा दिनुहुनेछ।
 
संसद् सचिवालयका अनुसार शनिबारबाहेक हरेक दिन सदन बिहान ११:०० बजेदेखि अपराह्न १७:०० बजेसम्म बस्ने कार्यसूची निर्धारण गरिएको छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ