arrow

विप्रेषण आयमा ह्रास, आर्थिक वृद्धिमा चिन्ता : विश्व बैंक

logo
प्रकाशित २०७३ असार १ बुधबार
remittance.jpg.jpeg
काठमाडौँ। विश्व बैंकले भूकम्पपछि अत्यावश्यक वस्तुको आपूर्तिमा भएको अवरोधले थलिएको नेपालको अर्थतन्त्र विप्रेषण आयमा आएको ह्रासले आर्थिक वृद्धिमा नकारात्मक असर पार्ने चिन्ता व्यक्त गरेको छ।
 
विश्व बैंक समूहले आज यहाँ ‘नेपालको विकास अद्यावधिक’ प्रतिवेदन सार्वजनिक गर्दै कुल गार्हस्थ्य उत्पादनमा झन्डै ३० प्रतिशतले योगदान हुँदै आएको विप्रेषण आय घट्दा अर्थतन्त्रमा प्रभाव पर्ने जनाएको हो।
 
यहाँस्थित उक्त बैंकका देशीय प्रबन्धक ताकुया कामाताले भने– “भूकम्प र नाकाबन्दीका जोडदार झड्काले नेपालको अर्थतन्त्रलाई ठूलो असर गर्‍यो, भैँचालोपछि विदेशिने कामदारको सङ्ख्यामा पनि क्रमशः ह्रास हुँदै गएको छ।”
 
आन्तरिक एवम् बाह्य कारण विदेशिने नेपाली श्रमिकको सङ्ख्यामा अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले कमी आएको तथ्य प्रस्तुत गर्दै उहाँले नेपालको विप्रेषण आय जोखिममा रहेको बताए।
 
भूकम्पपछिको पुनःनिर्माणमा लाग्न श्रमिक स्वदेशमै बसेका र रोजगारी दिने मुलुकको नीतिगत व्यवस्था एवम् अन्य कारणले नेपालीको विदेशिने क्रम घटेको कामाताको भनाइ छ। विप्रेषण आयका जोखिम उपयुक्त मौद्रिक एवम् वित्तीय नीतिमार्फत सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उनले वित्तीय क्षेत्रको सवल अनुगमन पनि उत्तिकै अपरिहार्य हुने बताए।
 
बैँकले नेपालको आगामी वर्षको आर्थिक वृद्धि ४.७ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ भने पुँजीगत खर्च वृद्धिमा विशेष जोड दिएको छ। साथै प्रतिवेदनले आर्थिक गतिविधिको विविधीकरण गर्नुपर्ने सुझाव दिएको छ।
 
कृषि, उद्योग र सेवा क्षेत्रमा सकारात्मक प्रगति हुने अपेक्षा गर्दै प्रतिवेदनमा राजनीतिक स्थायित्वसँगै पुनःनिर्माणका कामले गतिलिएमा आर्थिक वृद्धिमा बढोत्तरी हुने प्रक्षेपण गरेको छ । मूल्यवृद्धि नौ प्रतिशत पुग्ने प्रक्षेपण पनि प्रतिवेदनले गरेको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ