arrow

अल्बानिया फ्रान्सलाई रोक्नै पर्ने दबाबमा

logo
प्रकाशित २०७३ असार १ बुधबार
France-vs-Albania.jpg.jpeg
काठमाडौं । पहिलो पटक युरोकप फुटबलमा सहभागि भएको अल्बानिया समूहको आफ्नो दोस्रो खेलमा आयोजक फ्रान्ससंग खेल्दै छ । राति पौने १ बजे हुने खेलमा फ्रान्स लगातार दोस्रो जित दर्ता गर्दै समूह विजेता बन्दै दोस्रो चरण पुग्ने दाउँमा छ भने, यसपटक समूहको तेस्रो स्थानमा रहने टोली समेत अघिल्लो चरण प्रवेश गर्न पाउने अवसरको फाइदा उठाउन अल्बानिया संयमित भएर फ्रान्सलाई रोक्ने प्रयास गर्ने छ ।
 
अबका खेलमा प्रत्येक टोलीले गोल अन्तर भन्दा पनि अंकलाई ध्यान दिएर खेल्ने छन् । जसलाई अघिल्लो चरण प्रवेशका लागि अंकको खाँचो छ । यसअघि समूहचरणका खेलमा गोल अन्तर बढी हुने गरेपनि यसपटक भने निकै सावधानीपूर्वक प्रदर्शन देखिएको छ । 
 
अल्बानिया
फिफाको बरियतामा ४२औं स्थानमा रहेको अल्बानिया अगस्त २०१५ मा २२औं स्थानसम्म पुगेको थियो । सन् १९९७ मा १२४औं स्थानमा रहेको अल्बानियाले त्यहाँबाट निरन्तर प्रगति गरिरहेको छ । 
 
पहिलो पटक ठूलो प्रतियोगिता खेलिरहेको अल्बानिया युरो २०१६ को समुह ’ए’मा अल्बानिया सहित फ्रान्स रोमानिया र स्वीट्जरल्याण्ड रहेका छन् । समूह चरणको पहिलो खेलमा स्वीट्जरल्याण्ड सग १–० गोल अन्तरले पराजित भएको अल्बानिया अंकविहिन रहँदै समूहको पुछार बाट दोस्रो स्थानमा छ । 
 
पहिलो पटक प्रतिष्ठित प्रतियोगिता खेल्न लागेको अल्वेनियन टोलीलाई यो समूह चरण पार गर्न फ्रान्सविरुद्धको खेलमा अंक जोड्नै पर्ने दबाब छ । 
 
फ्रान्स
विश्व फुटबलमा बलियो रहेको फ्रान्स जारी युरो कपमा समेत तेजिलो देखिएको छ । विश्व फुटबल वरियतामा हाल १७औ स्थानमा रहेको फ्रान्स सन् २००२ मा विश्व वरियताको शीर्ष स्थानमा थियो ।  २ पटक युरोकप जितिसकेको फ्रान्सले सन् १९९८मा भएको विश्वकपमा घरेलु मैदानमै ब्राजिललाई हराउँदै पहिलो पटक उपाधि उचालेको थियो । फ्रान्समा भएको यो संस्करणमा घरेलु टोली उपाधि जित्दै ह्याट्रिक गर्ने योजनामा छ । यद्यपि, समूह चरणपछिका खेलहरु भने कठिन हुने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ