arrow

रोमानिया स्वीट्जरल्याण्डबाट अंक खोस्ला ?

logo
प्रकाशित २०७३ असार १ बुधबार
Romania-vs-Switzerland.jpg.jpeg
काठमाडौं । युरोकप फुटबलमा स्वीट्जरल्याण्ड र रोमानियाबीचको खेल प्रतिस्पर्धात्मक हुने देखिएको छ । यद्यपि, स्वीट्जरल्याण्डले अल्बानियालाई हराएको उत्साहले रोमानियाविरुद्ध सशक्त प्रदर्शनको प्रयास गर्ने छ । खेलाडीका हिसावले दुवै टोलीमा तेजिला फवार्ड छन् । रोमानिया अघिल्लो चरण प्रवेशका लागि संयमित भई अंक खोस्न चाहन्छ । 
 
रोमानिया
पाँचौ पटक युरोकप खेल्दै गरेको रोमानिया यो युरोकपको पहिलो खेलमा आयोजक फ्रान्स सग २–१ गोल अन्तरले पराजोत हुन पुगेको थियो । युरोकपमा दोस्रो उपस्थिति जनाएको रोमानियाले हालसम्म एक खेल मात्रै जितेको छ । सन् २००० मा भएको युरोकपमा क्वार्टरफाइनल सम्म पुगेको रोमनिया आफ्नो समूहको दोस्रो खेलमा स्वीट्जरल्याण्डलाई पराजित गर्दै अर्को चरण पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । हाल फिफाको विश्व वरियतामा २२औं स्थानमा रहेको रोमानिया सन् १९९७ मा तेस्रो स्थान हासिल गरेको थियो जुन उसको हाल सम्मै कै उच्च स्थान हो ।
 
सात पटक विश्वकप खेलिसकेको रोमानियाले युरोकपको छनोट चरणमा एउटा खेल पनि गुमाएको थिएन । सन् १९९०को दशकमा विश्व फुटबलमा राम्रै नाम कमाएको रोमानिया पछिल्लो समयमा फुटबलमा खासै माथि आउन सकेको छैन । यसअघि सन् २००८ को युरोमा एउटा पनि खेल नजिति समूह चरणबाटै बाहिरिएको थियो । 
 
स्वीट्जरल्याण्ड
चौथो पटक युरोकप खेलिरहेको स्वीट्जरल्याण्डले यो युरोकपमा पहिलो खेलमा अल्बानियालाई १–० गोल अन्तरले पराजित गर्दै ३ अंक हासिल गरिसकेको छ । दोसं्रो खेलमा जित हात पार्दै  स्वीट्जरल्याण्ड यो युरोकपमा अर्को चरणको प्रवेशको बाटो बलियो बनाउने तरखरमा छ ।  इतिहास राम्रो नरहे पनि विगतका केही वर्षदेखि स्वीट्जरल्याण्डको प्रदर्शनमा निकै सुधार आएको छ ।
 
हाल फिफा वरियतामा १५औं स्थानमा रहेको स्वीट्जरल्याण्ड सन् १९९३ मा  विश्व वरियतामा तेस्रो स्थानमा पुगेको थियो । दश पटक विश्वकप खेलेको स्वीट्जरल्याण्ड आसन्न युरोकपमा उसको आँखा सेमिफाइनल सम्म पुगिसकेको अर्थात सेमीफाइनल सम्मको यात्राको दावेदारी प्रशिक्षकले गरिसकेका छन् । उसले आफ्नो जारी लय कायम राख्ने हो भने यसपटक ठूलो टोलीलाई धक्का दिन सक्ने क्षमता छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ