काठमाडौ। रोमानिया र स्विजरल्याण्डले समुह 'ए' अन्तर्गतको खेल बराबरी गर्दै १-१ अंक बाँडेका छन्। खेलको १८औं मिनेटमा रोमानियाका बोगडन स्टान्कुले पेनाल्टी मार्फत गोल गर्दै अग्रता दिलाएका थिए।
पहिलो हाफ सकिंदासम्म ०-१ले पछि परेको स्विजरल्याण्डले खेलको ५७औं मिनेटमा गोल फर्काएको थियो। एडमिर मेहमेदीले गोल गरेका थिए। तुलनात्मक रुपमा बलियो मानिएको स्विजरल्याण्डले केही राम्रा मौका गुमाउँदा तीन अंक पाउन सकेको थिएन्।
स्विजरल्याण्डले ६१% बल आफ्नो नियन्त्रणमा राखेता पनि गोल गर्न नसक्दा जित हात पारेको थिएन्। खेल अवधिभर ३४ फाउलहरु भएका थिए जस्मा रोमानियाले ४ पहेंलो कार्ड र स्विजरल्याण्डले २ पहेंलो कार्ड पाएका थिए।
१-१ अंक बाँड्दा स्विजरल्याण्डले २ खेलमा ४ अंक जोडेको छ भने रोमानियाको उतिनै खेलमा १ अंक रहेको छ।
तस्विर साभार: डेलीमेल