काठमाडौं । पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्वस्थ भएकी छन् । पूर्वराजा ज्ञानेन्द्र शाहकी आमा ८८ वर्षीया शाह स्वास्थ्य परीक्षणका लागि नर्भिक अस्पताल पुगेको राजपरिवारका पूर्व सदस्यहरुले जनाएका छन् ।
स्वास्थ्य अवस्था बुझ्न पुर्व राजपरिवारका सदस्यहरु समेत थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको र स्वास्थ्य परीक्षणपछि अस्पतालले थप जानकारी दिने बताइएको छ ।
पूर्व मुमाबडामहारानी रत्न तत्कालीन राजा महेन्द्रकी पत्नी हुन् । नारायणहिटीस्थित महिन्द्र मञ्जिलमा बस्दै आएकी रत्न अस्वस्थ भएपछि राजपरिवारका पूर्व सदस्यहरु चिन्तित भएका छन् ।