arrow

रंगशालामै वितण्डा गर्ने ३६ फुटबल समर्थक पक्राउ, १६ अस्पताल भर्ना

logo
प्रकाशित २०७३ असार २ बिहिबार
news-football-2.jpg.jpeg
एजेन्सी । फ्रान्समा जारी युरोकप फुटबलमा रसिया र इङ्गल्यान्डबीचको  खेलका क्रममा झडप गर्ने र उदण्ड व्यवहार गर्ने ३६ जना पक्राउ परेका छन् । फ्रेन्च प्रहरीले पक्राउ गरेका मध्ये १६ जना अस्पताल भर्ना भएका छन् । फ्रान्सको लिलेबाट पक्राउ परेका उनीहरुलाई दंगामा संलग्न रहेको भन्दै प्रहरीले हिरासतमा लिएको बताइएको छ । 
 
गत वुधबार भएको समूह बी को पहिलो खेलमा रसिया र इङ्गल्यान्डले १–१ को बराबरी गरेपछि मैदान बाहिर र भित्र रुसी समर्थक र इङ्गलिश समर्थकहरुबीच झडप भएको थियो । मार्से शहरमा भएको खेलका क्रममा रंगशालामै दुबै राष्ट्रका समर्थकबीच झडप भएको हो । झडपमा परी कम्तिमा पनि ३० जना घाइते भएका थिए । 
 
हुलदंगा रोक्न गएको प्रहरीमाथि समेत उपद्रो गरेपछि प्रहरीले लाठी चार्ज समेत गरेको थियो । प्रहरीले सयौं इङ्गलिश समर्थकलाई हुलदंगा गरेको आरोप लगाएको थियो भने खेलाडीलाई उनीहरुबाट टाढा लगेको थियो । दर्शक दिर्घामै हात हालाहाल गरेपछि स्थिति असामान्य बनेको थियो ।
 
रुसी समर्थक इङ्गलिश समर्थकमाथि जाईलागेपछि झडप शुरु भएको थियो । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले घटनाको निन्दा गरेर रुसी फुटबल संघलाई १ लाख ५० हजार युरो जरिवाना गर्नुका साथै अर्को पटक यस्तै व्यवहार दोहोरिए निलम्बन गर्ने सम्मको चेतावनी दिएको छ । 
 
घटनाक्रमपछि फ्रेन्च अधिकारीहरुले सुरक्षामा अझ कडाई गरका छन् । हुलदंगाका दोषी पत्ता लगाउन अनुसन्धान भइरहेको समेत अधिकारीहरुले जनाएका छन् । कयौं समय देखि रुसी फुटबल हिंसाको एक हिस्सा बनेको र समर्थकको व्यवहारलाई गुण्डागर्दीको नयाँ नस्ल भन्दै टिप्पणी भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ