arrow

दोहोरो चेपुवामा इङ्गल्याण्ड, नकआउट चरणको ढोका खोल्ला ?

logo
प्रकाशित २०७३ असार २ बिहिबार
england-wales-euro-2.jpg.jpeg
काठमाडौं । युरोकप फुटबलमा इङ्गलिश हस्ती इङ्गल्याण्ड दोहोरो दबाबमा परेको छ । विहिबार साँझ वेल्ससंग भिड्नु अघि इङ्गल्याण्ड नटआउट चरणमा प्रवेश गर्ने विषयले तनाबमा हुनेछ । यस्तै इङ्गल्याण्डलाई यो खेल जित्नैपर्ने दबाब छ । नभए समूहको अन्तिम खेलमा स्लोभाकियासंग भिड्दा समेत खेल गुमाउने सम्भावना बढी छ ।
 
पहिलो खेलमा वेल्ससंग २–१ ले हारेको स्लोभाकियाले समूहको दोस्रो खेलमा रसियालाई २–१ ले नै हरायो । जसबाट स्लोभाकिया नकआउट चरणलाई मध्यनजर गरी रक्षात्मक खेलको रणनीतिमा लागेको छ । स्लोभाकिया सशक्त बनेपछि इङ्गल्याण्डलाई अर्को दबाब परेको छ । 
 
समूह बी को अंक तालिका हेर्दा वेल्स १ खेलबाट ३ अंब बटुल्दै शीर्ष स्थानमा छ । स्लोभाकियाले दुई खेलबाट ३ अंक बनाएको छ । भने रसियाले टक्कर दिएको इङ्गल्याण्डको जम्मा १ अंक छ । जसले इङ्गल्याण्डलाई यो खेल जित्नै पर्ने दबाब छ । यद्यपि, वेल्समा स्पेनिश क्लब रियाल मड्रिडका फरवार्ड ग्यारेथ बेल जस्ता बलिया हस्तीहरु छन् । जसले इङ्गल्याण्डलाई सहज छैन ।
 
बर्नलेका साम भोक्स र रिडिङका हल रोब्सन कानु जस्ता फरवार्ड र लिभरपुलका जो एलन, क्रिष्टल प्यालेसका जोनाथन विलियम्स र जो लेड्ली जस्ता मिडफिल्ड वेल्समा छन् । समूहको आफ्नो पहिलो खेलमा समेत ग्यारेथ बेलले ट्रेडमार्क गोल फ्रि–किक मार्फत गरेका थिए ।  हुन त प्रतिष्ठीत इङ्गलिश क्लबका खेलाडीले भरिएको इङ्गल्याण्डमा वायन रुनी, मार्कोस रास्फोर्ड, ह्यारी केन जस्ता फरवार्ड छन् । जसले खेल छण भरमै परिवर्तन गर्न सक्छन् । रुनीलाई धेरैले भरोसा ठानेका छन् । 
 
समर्थकको डर 
रसियासंगको पहिलो खेलमा इङ्गल्याण्डका समर्थकले गरेको झडप र त्यो अघि मार्सेली शहरमा गरेको वितन्डाले पनि टोलीलाई सुधारिएको प्रदर्शन गर्नुपर्ने दबाब हुने छ । बुधरबार मात्रै पनि इङ्गल्याण्डका समर्थकले त्यस्तै वितण्डा गरेका छन् । रसियासंग १–१ को बराबरी गरेको इङ्गल्याण्डलाई वेल्ससंग खेल्दा त्यसै दबाब हुने छ ।
 
वेल्स पहिलो जितकै आधारमा केही उत्साही हुनेछ । वेल्स आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतिष्ठीत प्रतियोगिताको उपस्थिति सुखद् बनाउन चाहन्छ । यद्यपि, सन् १९९८ को विश्वकप विजेता इङ्गल्याण्डले युरोकपमा निकै उपस्थिति जनाएपनि उपाधि जित्न सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ