arrow

इंग्लिस प्रिमियर लिगः म्यान्चेस्टर सिटी शीर्ष स्थानमा

logo
प्रकाशित २०७७ माघ १४ बुधबार
man-city.JPG

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी शीर्ष स्थानमा पुगेको छ । मंगलबार राति भएको खेलमा वेष्टब्रोमविच आल्बियनलाई पराजित गर्दै सिटी शीर्ष स्थानमा पुगेको हो । 

वेष्टब्रोमको मैदानमा सिटी ५–० गोल अन्तरले विजयी भयो । सिटीलाई फराकिलो जित जिताउने क्रममा इल्के गुन्डोगानले २ तथा जोआओ कानेलो, रियाद महरेज र रहिम स्टर्लिङले १–१ गोल गरे । 

सिटीले ५७ मिनेटसम्म नै ५ गोल गरिसकेको थियो । 

अन्य खेलको नतिजा
लिगमा मंगलबार राति चार खेल भएका छन् । जसमा आर्सनलले साउथ ह्याम्पटनलाई उसकै मैदानमा ३–१ गोल अन्तरले हरायो । 

क्रिस्टल प्यालेस घरेलु मैदानमा वेष्टह्याम युनाइटेडसँग ३–२ गोल अन्तरले पराजित भयो । 

न्यूकासल युनाइटेड घरेलु मैदानमा लिड्स युनाइटेडसँग २–१ गोल अन्तरले पराजित भयो । 

अंक तालिका
१९ खेलबाट ४१ अंकसहित म्यान्चेस्टर सिटी शीर्ष स्थानमा रहेको छ । म्यान्चेस्टर युनाइटेड १९ खेलबाटै ४० अंकसहित दोस्रो स्थानमा छ । 

लेस्टर सिटी १९ खेलबाट ३८ अंकसहित तेस्रो, वेष्टह्याम २० खेलबाट ३५ अंकसहित चौथो, लिभरपुल १९ खेलबाट ३४ अंकसहित पाँचौं, आर्सनल २० खेलबाट ३० अंकसहित आठौं, चेल्सी २९ अंकसहित दशौं स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ