arrow

३ अंकका लागि भिड्दै युक्रेन–आयरल्याण्ड

logo
प्रकाशित २०७३ असार २ बिहिबार
Ukraine-vs-Northern-Ireland.jpg.jpeg
काठमाडौं । युक्रेन र उत्तरी आयरल्याण्ड दुबै पहिलो जितको जोजीमा छन् । समूह सी को खेलमा राति पौने १० बजे यी दुई आमने सामने हुँदा दुबै ३ अंक आफ्नो पक्षमा पार्ने दाउमा हुने छन् । जो ३ अंक नकआउट चरण प्रवेश गर्नका लागि महत्वपूर्ण रहने छ । जित हासिल गर्न नसके दुवैले अंक बाँडेर भएपनि अघिल्लो चरण प्रवेशको सम्भावना कायम गर्ने प्रयास गर्ने छन् । समूहको एक–एक खेल खेलेका दुबै अंकविहिन छन् । 
 
हेड टु हेड 
युक्रेन र उत्तरी आयरल्याण्डबीच हाल सम्म भएका कुल खेल ४ मध्ये २ खेल युक्रेनले जितेको छ भने, २ खेल बराबरीमा सकिएका छन् । प्रदर्शनको आधारमा र विफा वरियताकै हिसावले युक्रेन बलियो देखिएको छ । 
 
युक्रेन
सन् १९९१ मा सोभियत संघबाट छुटिएको युक्रेनले सन् २०१२ मा पहिलो पटक संयुक्त रुपमा युरोकप आयोजना गरेको थियो । पहिलो  पटक छनोट चरण पार गर्दै युक्रेनले युरोकप खेल्दा समूह चरणको पहिलो खेलमा जर्मनी सग २–० को हार व्यहोरेको छ । युक्रेन उत्तरी आयरल्याण्डसंगको खेल जित्नै पर्ने दबाबमा छ । फिफा बरियतामा १९औं स्थानमा रहेको युक्रेन सन् २००७ फेब्रुअरीमा ११औं स्थानमा रहेको थियो । 
 
उत्तरी आयरल्याण्ड
छनोट चरणको आफ्नो शसलक्त खेल पस्केको उत्तरी आयरल्याण्ड पहिलो पटक युरोकप खेल्दा आफ्नो पहिलो खेलमा पोल्याण्ड सग १–० ले पराजित हुन पुग्यो । जसकारण युक्रेनविरुद्धको आफ्नो दोस्रो खेल अघिल्लो चरण जान जित्नै पर्ने दबाब छ । यो खेलमा हार व्यहोरेको खण्डमा यात्रा कठिन हुने छ । फिफा वरियतामा  हाल २५औं स्थानमा रहेको उत्तरी आयरल्याण्ड समुह ‘सी’मा विश्वकप विजेता जर्मनी, पोल्याण्ड र युक्रेन रहेको समूहमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ