काठमाडौं। समुह 'सी'मा रहेको उत्तरी आयरल्याण्डले युक्रेनलाई २-० गोलले पराजित गर्दै युरो २०१६मा आफ्नो जितको खाता खोल्दै ३ अंक बटुलेको छ।
खेलको ४९औं मिनेटमा गारेथ मकअउले गोल गर्दै आयरल्याण्डलाई अग्रता दिलाएका थिए। युक्रेनले गोल फर्काउने धेरै प्रयास गरेता पनि सफल हुन सकेन र खेलको ९०औं मिनेटमा नियाल मकजिनले दोस्रो गोल गर्दै आयरल्याण्डको जित सुनिश्चित पारेका थिए।
मैदानमा परेको असिना पानीले खेल २ मिनेटकालागि रोकिएको थियो। युक्रेनले केही राम्रा प्रयास गरेता पनि खेलमा गोल गर्न सकेको थिएन्। युक्रेनलाई आयरल्याण्ड भन्दा बलियो टोली मानिने गरिएको छ।
उत्तरी आयरल्याण्डले २ खेलमा ३ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको छ भने युक्रेनले अहिलेसम्म कुनै अंक जोड्न सकेको छैन्। जर्मनीले १ खेलमा १ जितेको छ भने पोल्याण्डले पनि १ खेलमा १ जितका साथ ३ अंक जोडेको छ।