काठमाडौं। अमेरिका कोपा अमेरिका फुटबल प्रतियोगितामा प्रवेश गर्ने पहिलो टोली भएको छ। अमेरिकामा जारि प्रतियोगितामा अमेरिकाले ईक्वेडरलाई २-१ गोलले पराजित गर्दै सेमीफाईनलको यात्रा तय गरेको हो।
जर्गन क्लिन्सम्यान म्यानेजर रहेको अमेरिका पहिलो पटक ठूलो प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको हो। क्लिन्सम्यान लामो समयदेखि अमेरिकाको टोली सम्हालिरहेका छन्। उनले अमेरिकी टोली सन् २०११ देखि सम्हालिरहेका छन्।
क्लिन्सम्यानका अनुसार अमेरिका कोपा अमेरिका जित्ने संभावना भएको टोली हो। अमेरिका सेमीफाईनल भन्दा माथि जान चाहान्छ र तयारी पनि पुरा छ। अमेरिकाले सेमीफाईनलमा अर्जेन्टिना वा भेनेजुएलाको समाना गर्नेछ।
पहिलो क्वार्टरफाईनल खेलमा अमेरिकाका स्टार फुटबलर क्लिन्ट डेम्प्सीले गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए। डेम्पसीले आफ्नो ५२औं अन्तराष्ट्रिय गोल गरेका थिए। ५२औं मिनेटमा अमेरिकाका जरमाईन जोन्स र ईक्वेडरका एण्टोनियो भ्यालेन्सियाले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए।
१० जनामा सिमित दुवै टोलीले लगातार आक्रमणहरु गरिरहेका थिए। ६५औं मिनेटमा ग्यासी जार्डेसले दोस्रो गोल गर्दै अमेरिाकलाई २-०को अग्रता दिलाएका थिए। खेलमा फर्किन आतुर इक्वेडरले ७४औं मिनेमा माईकल आर्रोयोको गोलले स्थिती २-१को त बनायो तर थप गोल गर्न नसक्दा पराजय ब्योहोर्न पुगेको थियो।