arrow

अफ्रिकाको सबैभन्दा सानो देशमा छिरेर ठूलो तरंग ल्याउँदै चीन

logo
प्रकाशित २०७७ माघ १६ शुक्रबार
djibouti-africa.jpg

काठमाडौं । अफ्रिका महादेशको सबैभन्दा सनो मूलूक र टाढा कुनामा रहेको मूलुक हो जिबुती । तर, मध्यपूर्वसँगको निकता, विश्वकै व्यस्त समुद्री व्यापारिक मार्गको पहुँच र नियन्त्रणका कारण जिबुति विश्वशक्तिहरुका लागि ठूलो महत्वको केन्द्र बनेको छ । 

पछिल्ला केही वर्षयता चीन र जिबुतीबिचको सम्बन्ध वहुआयमिक क्षेत्रमा विकसित हुँदै गएको छ । सन् २०१७ मा चीनले जिबुतीमा आफ्नो नौसेना राखेको थियो । आफ्नो सीमा बाहिर चीनले पहिलो पटक सोही बेला सेना राखेको हो ।

त्यतिबेला ‘चीन–जिबुती सम्बन्धमा नयाँ युगको सुरुवात’ भन्दै दुवै देश हरेक क्षेत्रमा सम्बन्ध विस्तार गर्न सहमत भएका थिए । चीनको बेल्ट एण्ड रोड (बीआरआई) परियोजनमा जिबुती निकै नै सक्रिय भएर सहभागि भएको छ ।

सिनो–जिबुती सम्बन्धलाई मध्यपूर्व र उत्तर अफ्रिकामा चिनियाँ व्यापार फाइदा र चासोको महत्वपूर्ण पक्षका रुपमा हेरिने गरिन्छ । खासगरी चीनले बीआरआई परियोजना अघि सारेपछि जिबुतीसँगको सम्बन्धलाई उल्लेख्य रुपमा विस्तार गरेको देखिन्छ ।

अफ्रिकी महादेशको ‘ट्रेड हब’ बन्ने जिबुतीको चाहनासँगै चीनले पनि त्यहाँ उल्लेख्य लगानी गर्ने अवसर पायो । चीनले त्यहाँ लगानी गर्नुका थुप्रै कारणहरु छन् । विश्वको सबैभन्दा व्यस्त शिपिङ लेन मध्येको एक ‘क्रसरोड’मा जिबुती हुनु एउटा कारण हो । युरोपियन युनियनसँग चीनले गर्ने दैनिक करिब १ अर्ब बिलियन डलरको व्यापार ‘अदनको खाडी’ हुँदै पास हुन्छ ।

त्यस्तै चीनले आयात गर्ने तेलको करिब ४० प्रतिशत हिन्द महासागर हुँदै पास हुन्छ । अदनको खाडी र हिन्द महासागरको समुन्द्री लेनको महत्वपूर्ण बिन्दु जिबुती हो । त्यस्तै जिबुतीले युरोप, एसिया–प्यासिफिक, अफ्रिका, पर्सियन खाडी र मध्यपूर्वलाई जोड्छ ।

लाल सागर (रेड सी)मा हुने पानीजहाज एवं कार्गोको व्यापारिक गतिविधिले जिबुती भविष्यको एक विशेष केन्द्र बन्ने देखिन्छ । यसै कुरालाई ध्यानमा राख्दै सन् २०१३ मा बीआरआई परियोजना सुरु गरेको चीनले जिबुतीलाई सिल्क रोड रणनीतिको महत्वपूर्ण स्थानमा राखेको छ ।

जिबुतीमा आफ्नो केन्द्र बनाउँदै चीनले हिन्द महासागर, अदमको खाडी, लाल सागर र सुइज क्यानल हुँदै भुमध्यसागरसम्म व्यापारिक गतिविधिमा आफ्नो प्रभुत्व कायम राख्न सक्छ ।

जिबुतीमा स्थापना गरेको चिनियाँ नौ सेनाले अदमको खाडी र लाल सागरका व्यापारिक गतिविधि बढाउन र नियन्त्रण गर्न सक्छ ।

त्यस्तै इथोपियाको अदिस अबाबा र जिबुतीबिचको करिब साढे ४ अर्ब डलरको रेलमार्ग परियोजनाले त्यहाँ चिनियाँ रणनीति विस्तार गर्न थप मद्दत गरेको छ ।

त्यस्तै जिबुतीले चीनको उर्जा (खासगरी तेल) निर्यातका लागि सुरक्षा प्रधान गर्न सक्छ । चौतर्फी समुद्री लेनमा महत्वपूर्ण पहुँच राख्ने भएका कारण जिबुती चीनका लागि महत्वपूर्ण केन्द्र बनेको छ ।

चीनले जितुबतीका महत्वपूर्ण परियोजनामा अर्बौं डलरको लगानी गर्दै आएको छ । जिबुतीमात्रै हैन, चीनले अन्य धेरै अफ्रिकी मुलुकहरुमा लगानी गरेर ‘डेब्ट ट्र्याप’मा पारेको आरोप समेत लागेको छ ।

चीनले हालै जिबुतीको बन्दरगाह पुननिमार्णका लागि करिब ३५ करोड अमेरिकी डलर लगानी गर्न सम्झौता गरेको छ । यसबाट चीनले जिबुतीको बन्दरगाहको २३.५ प्रतिशत स्वामित्व पाउने छ ।

यसबाहेक चीनले पूर्वी अफ्रिकी मूलुक र पाकिस्तानलाई जोड्नका लागि समुन्द्र मुनीबाट फाइबर केबल जोड्ने योजना समेत अघि सारेको छ । यसलाई चिनियाँ कन्सट्रक्सन बैंकले लगानी गरेको छ ।

यति मात्रै हैन् चीनले साढे ३ अर्ब डलरको लगानी गरेर जिबुतीमा अफ्रिकाकै ठूलो ‘फ्रि ट्रेड जोन’ बनाउने भएको छ । चीन अहिले अफ्रिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । व्यापारिक स्वार्थका लागि यस्तै रणनीतिक कदम चालेर अफ्रिकी मुलुकहरुमा आफ्नो प्रभुत्व जमाउन चीन सफल भएको छ ।

तर चिनियाँ लगानी पूर्वाधारका क्षेत्रमा मात्रै केन्द्रित छ । यसो गर्दा चीनले आफ्नो लगानी ब्याजसहित फिर्ता पाउँछ तर, त्यहाँका मूलुकले सोही योजनमा खासै फाइदा लिन सक्दैनन् ।

यही कारण चीनलाई गरिब मूलूकलाई 'डेब्ट ट्र्याप' फसाइरहेको आरोप लाग्ने गरेको हो । जिबुतीमै पनि त्यहाँको जीडीपीको ७० प्रतिशत भन्दा बढी चिनियाँ ऋण पुगेको छ ।

यति धेरै ऋण तिर्न नसक्दा जिबुतीले भोलि गएर त्यहाँ चीनले निर्माण गरेका पूर्वाधार चीनलाई नै हस्तान्तरण गर्ने अवस्था समेत आउँन सक्छ ।

जिबुतीले सन् २०३५ मा आफुलाई अफ्रिकाकै बिशेष ‘ट्रेड हब’ बनाउँने महत्वाकांक्षा राखेको छ । उता चीनले मध्यपूर्व, युरोप र अफ्रिकामा आफ्नो व्यापार विस्तार गर्न जिबुतीलाई ताकेको छ । 

यसरी चीन अफ्रिकाको सबैभन्दा सानो मूलूकमा प्रवेश गरेर व्यापार विस्तार गर्दै अर्थतन्त्रमा ठूलो तरंग ल्याउने लक्ष्यमा छ ।



नयाँ