arrow

ओलम्पिक स्वर्ण ताकेको ब्राजिलियन फुटबलमा 'टिटे' नयाँ प्रशिक्षक

logo
प्रकाशित २०७३ असार ३ शुक्रबार
Tite_brazil.jpg.jpeg
काठमाडौं। कोपा अमरिकाबाट कोपा पहिलो चरणबाटै बाहिरिएको ब्राजिलले नयाँ प्रशिक्षकमा एडेनर लियोनार्डो बाखी 'टिटे'लाई नियुक्त गरेको छ। 
 
कोपा अमेरिकामा पहिलो चरणबाट बाहिरिएपछि ब्राजिलले प्रशिक्षक डुङ्गालाई बर्खास्त गरेको थियो। कोपा अमेरिकाको १०० बर्षको ईतिहासमा ब्राजिल दोस्रो पटक समुह चरणबाट बाहिरिएको हो। 
 
रियो ओलम्पिक २०१६ शुरु हुनु ५० दिन अघि फुटबल प्रशिक्षकलाई बर्खास्त गरिएको छ। नयाँ प्रशिक्षकले टोली सम्हाल्न समय लाग्ने छ। अहिलेसम्म ओलम्पिक फुटबलाम स्वर्ण पदक नजितेको ब्राजिलले आफ्नै देशको शहरमा हुने ओलम्पिकमा स्वर्ण जित्ने सपना देखेको छ। 
 
टिटेले ब्राजिलको ठूलो फुटबल क्लब कोरियन्थस सम्हालेका थिए। अहिले कुनै पनि क्लब नसम्हालेका टिटेले ब्राजिल फुटबलको निमन्त्रणा स्विकारेका हुन्। टिटेले अहिलेसम्म कुनै पनि देशको फुटबल टोली सम्हालेको अनुभव छैन् तर उनले सन् १९९० देखि ब्राजिलका बिभिन्न फुटबल क्लबहरु सम्हालेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ