arrow

पार्टीको झण्डा बोक्ने शिक्षकलाई कडा कारवाही हुन्छ : शिक्षा मन्त्री

logo
निर्मल खत्री,
प्रकाशित २०७३ असार ३ शुक्रबार
education--minister-FNL.JPG.jpeg
म्याग्दी। शिक्षामन्त्री गिरीराजमणी पोख्रेलले कुनै पनि शिक्षकले विद्यालय समयमा राजनीति गरेको खण्डमा ती शिक्षकलाई कारवाही गरिने बताएका छन् ।  शिक्षक पनि राष्ट्रसेवक कर्मचारी भएकाले उनीहरु आफ्नो कार्यमा इमान्दारी पूर्वक लाग्नु पर्नेमा मन्त्री पोख्रेलले जोड दिए ।
 
जिल्लाका सरोकारवाला पक्षहरुसंग जिल्लाको शिक्षाको अवस्थाबारे प्रत्यक्ष छलफल गर्ने म्याग्दी पुगेका मन्त्री पोख्रेलले अन्र्तक्रिया कार्यक्रममा जुन सुकै शिक्षको काम अध्यापन गराउने हो भन्दै पार्टीको आस्था जुन स्थानमा भएपनि शिक्षक पेशालाई इमान्दार बनाउन आग्रह गरे । नयाँ संविधानमा समावेश गरिएको शिक्षा सम्बन्धि ऐन मन्त्रालयले हरेक विद्यालयसम्म ल्याउने प्रयास गरिरहेको मन्त्री पोख्रेलले सुनाए ।
 
शिक्षाले नै विकास र समृद्धि हुने भएकाले बालशिक्षा बाटै गुणस्तरीय शिक्षा दिनको लागि विद्यालयमा प्रधानध्यापकको ठूलो भूमिका रहेको बताउँदै मन्त्री पोख्रेलले विभिन्न खालका प्रभावकारी कार्य गर्नु पर्ने बताए । उनले भने, ‘शिक्षकले गैर जिम्मेवारी पन देखाए त्यसको असर देशको समग्र विकासमा पर्दछ ।’ अहिले संसोधित विधेयकले शिक्षाका धेरै मागलाई पुरा गर्ने बताए ।
 
नीजि विद्यालय संञ्चालन गरेर मन परी शुल्क अशुल्ने र विद्यार्थीहरुलाई मर्कामा पार्नेलाई कारबाहीको दायरामा ल्याउनु पर्नेमा उनले जोड दिए । उनले थपे, ‘राज्यको नीतिलाई कार्यान्वयन गरी सरकारी विद्यालय स्तरको सेवा सुविधासहित नीजि विद्यालय संञ्चालन गरिनु पर्दछ ।’ कम्पनी ऐन अन्र्तगत दर्ता गर्ने प्रकृया अन्त्य भएको छ । 
 
लामो समय सम्म अस्थायी शिक्षकका रुपममा अध्यापन गराउदै आएका र स्थायी हुनको लागि उनीहरुलाई आन्तरिक प्रतिष्पर्धा सहभागी हुने वा ‘गोल्डेन हेन्ड चेक’ लिने विकल्प खोज्नलाई शिक्षकहरुलाई आजै बाट सोच्न अनुरोध गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ