arrow

बेलायती सांसद जो कोसको गोली हानी हत्या

logo
प्रकाशित २०७३ असार ३ शुक्रबार
jo-kosh.jpg.jpeg
लन्डन। बेलायतको पश्चिममा पर्ने योर्कसिरेको बिर्सटल इलाकामा बिहीबार अपराह्नमा लेबर पार्टीका सांसद जो कोसलाई एक बन्दुकधारीले गोली प्रहार गरी हत्या गरेको  स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ । 
 
बिर्सटलमा गरिएको यस गोली प्रहारबाट कोस घाइते भएकी थिइन्  ।सो आक्रमणको क्रममा एक ४० बर्षीया महिला पनि घाइते भएको जनाइएको छ । आक्रमण लगतै  कोसलाई अस्पताल पुर्‍याइएको थियो । 
 
यसैबीच प्राप्त एक अर्को समाचारअनुसार कोसलाई गोली प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । स्थानीय प्रहरीले सो जानकारी दिएको छ । ती व्यक्तिको परिचय भने खुलासा भएको छैन् । एपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ