arrow

सर्विया,पोल्याण्ड र उज्बेकिस्तानको भ्रमणमा निस्किए चिनियाँ राष्ट्रपति सि जिनपिङ

logo
प्रकाशित २०७३ असार ३ शुक्रबार
China-Cambodia_Nort.jpg.jpeg
बेइजिङ। चिनियाँ राष्ट्रपति सि जिनपिङ विदेश भ्रमणका लागि शुक्रबार प्रस्थान गरेका छन् । 
 
 सि सर्विया, पोल्याण्ड र उज्बेकिस्तानको भ्रमणका लागि शुक्रबार त्यसतर्फ लागेको राजधानी बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ । 
 
 सिले तास्कन्दमा आयोजित साङ्घाई कोअपरेशन अर्गनाइजेसनको सम्मेलनमा सहभागी हुनेछन् । सो सम्मेलनमा विभिन्न देशका राष्ट्र प्रमुखको सहभागिता रहने छ । 
 
राष्ट्रपति सिलाई सर्वियाका राष्ट्रपति तुमिस्लाभ निकोलिक, पोलिस राष्ट्रपति अन्द्रादेज दुदा र उज्बेकिस्तानका राष्ट्रपति इस्लाम करिमोभले आमन्त्रण गरेका थिए । 
 
उनिहरुको आमन्त्रणमा राष्ट्रपति सि त्यसतर्फ लागेको प्राप्त समाचारमा जनाइएको छ । चिनियाँ उच्चस्तरीय अधिकारीहरुसँग सि शुक्रबार त्यसफर्त गएका हुन् । 
 
सि तास्कन्दमा आयोजित साङ्घाई कोअपरेशन अर्गनाइजेसनको १६ औँ सम्मेलनमा सहभागी हुनेछन्।सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ