arrow

ईटली बिरुद्ध स्विडेनलाई अंक ल्याउने दवाब

logo
प्रकाशित २०७३ असार ३ शुक्रबार
Italy-vs-Sweden.jpg.jpeg
काठमाडौं। फ्रान्समा जारि युरो कप २०१६ फुटबल प्रतियोगिताको समुह 'ई' मा ईटाली र स्विडेन आमने सामने हुँदैछन्। उक्त खेल नेपाली समय अनुसार शुक्रबार साँझ ६:४५ बजे शुरु हुनेछ।
 
पछिल्लो ११ खेलमा अपराजित ईटाली आज पनि ३ अंककालागि खेल्ने छ भने आफ्नो अन्तिम खेलमा आयरल्याण्ड बिरुद्ध अंक बाँडेको स्विडेन पनि ३ अंककाालगि नै मैदान उत्रिने छ। 
 
समुह चरणको दोस्रो खेलमा अंक बिहिन हुनु दुवै टोलीलाई दोस्रो चरणमा पुग्नाकालागि धक्का पुग्न सक्ने छ। दुवै टोली कम्तिमा १ अंक लिएर जाने तयारीमा हुनेछन्। समुहमा तेस्रो हुनेले पनि दोस्रो चरणको प्रवेश पाउने संभावना हुनाले कुनै टोली अंकबिहिन हुन चाहाँदैनन्। 
 
इटली र स्विडेनले अहिलेसम्म कुल २२ एकआपसमा खेलेका छन्। २२ खेल खेलेकोमा १०मा ईटली बिजयी रहेको छ भने ६ खेल स्विडेनले जितेको छ बाँकी ६ खेल बराबरीमा सकिएको हो। 
 
स्विडेनका ईब्राहिमोविचले यस युरोमा गोल गरेमा युरोको चार संस्करणमा गोल गर्ने उनी पहिलो खेलाडी हुनेछन्। उनले अहिलेसम्म युरोमा ६ गोल गरिसकेका छन्। सन् २००४को युरोमा उनले ईटली बिरुद्ध गोल गरेका थिए। 
 
युरो फुटबलको ईतिहासमा समुह चरणमा २२ खेल खेलेको ईटलीले २ खेलमात्र हारेको छ। 
 
इटाली 
साविकको को युरोकप उपविजेता तथा सन् १९६८ को युरो विजेता टोली ईटालीले यो  युरोकपको पहिलो खेलमा प्रभावशाली मानिएको  वेल्जियम विरुद्द २-० को सहज जित निकाल्दै प्रतियोगितामा ३ अंकका साथ सुखद  सुरुवात गरेको यो टोलीले स्विडेन विरुद्द  आफ्नो दोस्रो खेल शुक्रवार खेल्ने छ। 
 
जारी प्रतियोगिताको उपाधिको दाबेदार मानिएको इटाली आफ्नो दोस्रो खेल जित्दै नकआउट चरण प्रवेशको संभावना सहज बनाउने तरखरमा रहेको छ। युरोपियन फुटबलमा सशक्त मानिने यो टोली ४ पटकको विश्व विजेता तथा  सन् २०१२को युरोको उप विजेता टोली यो युरोकप जित्ने पक्षमा रहेको छ। 
 
हाल विश्व फिफा बरियतामा १२औं स्थानमा रहेको ईटलीले  फिफा बरियतामा  सन् २००७ सेप्टेम्बरमा शिर्ष स्थान प्राप्त गरेको थियो। एन्टेनियो कान्त्रेभ, जानलुईजि बुफोन, थिआगो मोट्टाम, सिमोनी जाजा, ग्राजिआनो पेले, माटिओ डारमिन, ईर्डन जस्ता   भरपर्दा खेलाडी रहेको ईटाली आप्नो दोस्रो केलमा स्विडेनलाई सिकार बनाउने दाउमा रहेको छ। 
 
 
स्वीडेन
जाल्टन  इब्राहामोभिचको प्रेरणादायी कप्तानी तथा प्रदर्शनमा रहेको यो टोलीले यो युरोकप आप्नो पहिलो खेलमा  जाल्टन चल्न नसके पछि आयरल्याण्ड सँग १-१ गोलको बराबरी खेल्दै १ अंकमा चित्त बुझाउनु परेको थियो।
 
 समुह ई मा रहेको यो टोली हाल तेस्रो स्थानमा रहेको स्विडेनलाई   क्वाटर  पुग्नको लागि इटाली विरुद्दको आफ्नो दोस्रो खेलमा निश्चित अंकको आवश्यक्ता रहेको छ। त्यसैले इटाली विरुद्दको खेलमा स्विडेनले रक्षात्मक तथा काउन्टर एट्याक मा जोड दिने पक्का छ। जुन उसको नेचुरल गेम हो। 
 
जाल्टनले आफ्नो एक्लो प्रयासले स्विडेनलाई  युरोकप छनोट गराएका हुन्। उनले छनोट चरणको  कुल १० खेलमा ११ गोल गरेका थिए। मर्कस बर्ग, सेबेस्टियन लार्जन, आन्द्रेज ग्रान्कभिष्ट, आन्द्रेज आइजेक्सन तथा ज्लातान इब्राहमोभिच उसका भरपर्दा खेलाडी हुन् ।
 
हाल सम्म २ पटक क्वार्टरफाइनल सम्मको यात्रा गरेको यो टोलीको लागी इटाली विरुद्दको खेल महत्वपुर्ण हुनेछ।  सन् १९९४ मा विश्व फिपा वरियतामा उच्च स्थान हासिल गर्ने क्रममा दोस्रो स्थान सम्म पुगेको स्विडेन हाल ३५ औ स्थानमा रहेको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ