arrow

रुकुमकोट धार्मिक महोत्सवमा डेड करोड संकलन

logo
तारक प्रतिभा,
प्रकाशित २०७३ असार ३ शुक्रबार
rukum-hindu.jpg.jpeg
रुकुम। जिल्लाको पुर्वी भेगमा अवस्थित रुकुमकोटमा गत जेष्ठ २६ देखी सुरु भएको प्रथम रुकुमकोट शैक्षिक तथा धार्मिक महोत्सवमा डेड करोड बढी नगद तथा भुमी दान संकलन भएको छ। रुक्मणी उच्च माध्यामिक बिद्यालयको शैक्षिक, भौतिक र प्राबिधिक सहयोगका लागी बिद्यालयले १०८ राष्ट शान्ति बृहत ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव आयोजना गरिएको महोत्सव मुल आयोजक समितिले जानकारी दिएको छ। विद्यालयको सुविधा सम्पन्न पुर्वाधार विकासका लागी १०८ शान्ति महायज्ञ तथा धार्मिक महोत्सव आयोजना गरिएको थियो। 
 
बिहिवार समापन कार्यक्रममा मुल आयोजक समिति संयोजक मदन शाहले सप्ताहव्यापी रुपमा सञ्चालन भएको महायज्ञमा ५१०० शान्ति कलश पुजन, १०८ शालिग्राम पुजन, तुलादान, गौ दान, धन धानञ्याच्लका साथै शालिग्रामको पुजा अर्चना सम्पन्नभएको जानकारी दिए।
 
महोत्सवमा अन्र्तराष्ट्रिय कथा बाचक १०८ राष्ट शान्ति ज्ञान महायज्ञका संकल्पकर्ता गोविन्द शरण महाराज जी र मधुरवाणीकी धनी मिरादेवीले भागवत पुराणमा आधारित प्रबचन दिएका थिए।
 
उक्त महायज्ञमा करिब ५० लाख नगद र एक करोड बराबरको भुमी दान संकलन भएको जानकारी आयोजकले दिएको छ।
 
महायज्ञबाट संकलित रकमबाट विद्यालयको प्राविधिक पुर्वाधार निमार्ण, सुविधा सम्पन्न भवन र प्रयोगशाला निमार्ण गरिने संयोजक शाहले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ