arrow

शान्ति शिक्षाद्वारा भूकम्पले क्षतिग्रस्त विद्यालय भवन पुनःनिर्माण

logo
प्रकाशित २०७३ असार ३ शुक्रबार
school-new-lalitpur.JPG.jpeg
काठमाडौं । शान्ति शिक्षा अभियान नेपालले भूकम्पले क्षतिग्रस्त विद्यालय भवन पुननिर्माण–मर्मत कार्यक्रम अन्तर्गत ललितपुर जिल्लाको मानिखेल गाविसमा रहेको ज्ञानचक्षु प्राथमिक विद्यालय पुनःनिर्माण गरेको छ । अभियानले जिल्ला शिक्षा कार्यालय ललितपुरका सहायक जिल्ला शिक्षा अधिकारी खेमनाथ पोखरेलमार्फत नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण समेत गरेको छ । सोही क्रममा सो कार्यको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । 
 
शान्ति शिक्षा अभियान नेपालले स्थापना कालदेखि नै आफ्नो उद्धेश्य अनुरुप सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर र काठमाण्डौं जिल्लाहरुमा शैक्षिक गुणस्तर सुधार परियोजना अन्र्तगत बिद्यालय भवननिर्माण–मर्मत सम्भार, प्रारम्भिक बाल विकास र अंग्रेजी भाषा शिक्षण तालिम, खानेपानी, सेतोपाटी, फर्निचरको व्यवस्था, कक्षा कोठाहरुमा झ्याल ढोकाहरुको व्यवस्था गर्ने जस्ता विद्यालय केन्द्रित कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । 
 
२०७२ वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पले क्षतीग्रस्त विद्यालय भवनहरु र विद्यार्थीहरुको दयनीय अवस्थालार्ई मध्यनजर गर्दै सो संस्थाले भूकम्पले क्षतिग्रस्त विद्यालय भवन पुनःनिर्माण–मर्मत कार्यक्रम अन्तर्गत दोलखामा ५, काभ्रेमा ४, काठमाडौंमा ३ र ललितपुमा १० वटा गरीकुल २ करोड ७५ लाखको लागतमा २२ वटा विद्यालय भवन मर्मत तथा पुनःनिर्माण गर्ने निर्णय गरेको छ ।
 
कार्यक्रममा विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सूर्यमान लामाले गत वर्षको विनाशकारी भूकम्पले विद्यालयको लगभग सबै भवनहरु क्षतिग्रस्त भएकाले विद्यालयमा पठन–पाठन गर्न गराउन असहज बताए । शान्ति शिक्षा अभियान नेपालले २ कोठे पक्की भवन निर्माण गरी विद्यालयलाई धेरै राहत मिलेको भन्दै अध्यक्ष लामाले संस्थालाई धन्यवाद दिए ।
 
भूकम्पमा परी सो विद्यालयका दुई विद्यार्थीको मृत्यु भएको थियो । शान्ति शिक्षा अभियान नेपालका कार्यकारी निर्देशक रचना महर्जनले भवन निर्माणमा लागेको कुल लागत रकम १३ लाख ८० हजार ६ सय ५९ रुपैंया खर्च भएकोबारे विस्तृत रुपमा समुदाय समक्ष सार्वजनिक परिक्षण प्रतिवेदन पेश गरिन् ।  शान्ति शिक्षा अभियान नेपालका अध्यक्ष रविन्द्र महर्जनले भूकम्प पछि विद्यालयहरुको भवन क्षतीग्रस्त भई विद्यार्थीले व्यहोरिरहेको सास्तीलाई कम गर्न पाएकामा खुसी प्रकट गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ