arrow

चेक रिपब्लिक ३ अंकका लागि भौतारिँदै, क्रोएसियालाई रोक्ला ?

logo
प्रकाशित २०७३ असार ३ शुक्रबार
euro-new-second-game.jpg.jpeg
काठमाडौं । युरोकप फुटबलको समूह चरण नै रोचक बनेको छ । युरोकपको एक इतिहास चेक रिपब्लिक अघिल्लो चरण प्रवेशका लागि अंक खोज्दै भौतारीरहेको छ । शुक्रबार राति पौने १० बजे क्रोएसियाविरुद्ध जित निकाल्दै अकआउट चरण पुग्नका लागि चेक निकै प्रयासमा हुनेछ । 
 
यो खेल जिते मात्रै चेकको यात्रा सहज हुनेछ । यद्यपि हाल सम्म यी दुई आपसमा दुई पटक भिड्दा दुबै खेल क्रोएसियाले कब्जा गरेको छ । क्रोएसियासंगको भेट पक्कै सहज हुने छैन । सन् २०११ को मैत्रपूर्ण खेलमा क्रोएसिया घरेलु मैदानमा ४–२ ले विजयी भएको थियो भने, १९९६ को मैत्रीपूर्ण खेल पेनाल्टी सुटआउटमा आफ्नो पक्षमा पारेको थियो । 
 
फ्रान्समा जारी यूरोकपको समूह डी मा रहेको चेक रिपब्लिक अंकविहिन हुँदा क्रोएसियाले ३ अंक बटुलेको छ । क्रोएसिया लगातार दोस्रो जित हासिल गर्ने प्रयासमा छ । समूहको पहिलो खेलमा क्रोएसियाले टर्कीलाई १–० ले हराउँदा चेक रिपब्लिक फुटबल क्लब र खेलाडीको धनी स्पेनसंग १–० ले हारेको थियो । 
 
चेक रिपब्लिक
सन् १९९६ बाट निरन्तर युरोकप खेल्न सुरु गरेको चेक रिपब्लिक सन् २०१६ सम्म गरेर कुल ६ पटक छनोट भएको छ ।  युरोकपमा उसको सबै भन्दा सुखद प्रदर्शन सन् २००४ मा पोर्चुगलमा भएको युरोकप को सेमिफाइनल सम्म पुग्नु हो । सेमिफाइनलमा ग्रिससंग १–० ले पराजित हुँदै घर फर्किएको थियो । हालसम्म ९ पटक विश्वकप खेलेको चेक २ पटक उपविजेता भएको छ ।
 
तर, चेक रिपब्लिकको  इतिकास अर्कै छ । १९६० मा फ्रान्समा भएको पहिलो युरोकप खेलेको चेकोस्लोभाकिया १९९६ मा आउँदा चेक रिपब्लिक भइसकेको थियो । यद्यपि, चेकोस्लोभाकियाको नामबाट सन् १९७६ मा जितेको युरोकप उपाधि चेक रिपब्लिको नाममा छ । तर चेक रिपब्लिकको नामबाट भएको सहभागितमा उसले उपाधि जित्न सकेको छैन । 
 
क्रोएसिया
पाँचौ पटक युरोकपमा उपस्थिति जनाएको क्रोएसिया युरोकपमा औषत प्रदर्शन गर्ने टोलीको रुपमा रहेको छ । २ पटक क्वार्टफाइनल खेलिसकेको क्रोएसिया सन् १९९८ फ्रान्समा भएको विश्वकपमा तेस्रो भएको थियो । फ्रेन्च भूमि उसका लागि निकै लाभदायक मान्छि । जस कारण समूहको पहिलो खेलमा उसले सहज जित दर्ता गरेको थियो । यस पटक पनि क्रोएसिया सन् १९९८ को विश्वकपकै नतिजा दोहोर्याउने दाउमा छ ।
 
क्रोएसियामा आक्रामक खेलाडी 
क्रोएसियन टोलीमा इटालीयन क्लब युभेन्टसका फरवार्ड मारियो माण्डुकिच, स्पेनिश क्लब मालागाका फरवार्ड डुय चोप, रियाल मड्रिडका मिडफिल्ड लुका मोड्रिच र माटेओ कोभाकिक जस्ता हस्ती छन् । चेक रिपब्लिकमा भने इङ्गलिश क्लबका किपर पेट्र सेच र मिडफिल्ड टोमस सोस्की मात्र छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ