arrow

‘फुटबल हेर्दै जुवा खेल्ने र दाउ हान्ने ठूला–साना कसैलाई छोड्दैनौं’: एसएसपी थापा

मिसनै सुरु गरेर म त्यसैमा लागिरहेको छु

logo
प्रकाशित २०७३ असार ३ शुक्रबार
SSP-Bikram-Singh-Thapa.jpg.jpeg
काठमाडौं । फ्रान्समा अहिले युरोपियन च्याम्पियनसिप युरोकप फुटबल जारी छ । जारी युरोकपमा कुन् राष्ट्रले कस्तो खेल्छन् भन्ने कौतुहल विश्वभर छ । यस्तै, नेपालमा पनि फुटबल समर्थकको कमी छैन । युरोकपले नेपालीलाई पनि निकै छोएको छ । यद्यपि, फ्रान्समा युरोकप हुँदा विभिन्न देशको समर्थनमा जुवा खेल्ने, दाउ हान्ने र सट्टेबाजी गर्नेहरुको खेलो समेत राम्रै चल्ने गर्दछ । 
 
जसमा फुटबलका समर्थक सामान्य नागरिक देखि व्यापारिक घराना र प्रतिष्ठीत व्यक्तिहरु समेत सामेल हुने गर्दछन् । मिनी विश्वकपका रुपमा लिइने युरोकमा यसपटक २४ राष्ट्र ६ समूहमा विभाजन भई खेलिरहेका छन् । यसपटक राउन्ड अफ् सिक्सटिनकै कारण खेल अझै रोचक हुने अनुमान छ । जसमा अधिकांशले कुन टोली रोज्ने र कत्ति बाजी राख्ने अझै यकिन गरेका छैनन् । अहिले समूह चरणका खेल भइरहेकाले दाउ हान्ने क्रमले तीब्रता नपाएपनि सरगर्मी बढ्दै गएको प्रहरी अनुसन्धानले देखाएको छ । केही दिन अघि मात्रै काठमाडौंमा जुवा लगाउने ४ जना पक्राउ परेका थिए ।
 
फुटबललाई लिएर दाउ हान्ने गतिवधि गैर कानुनी मानिन्छ । प्रहरीका अनुसार चाहे त्यो व्यवसायिक होस् वा घरयारी गैरकानुनी नै हो । जसको प्रत्यक्ष निगरानीका लागि महानगरीय प्रहरी परिसर टेकुले मिसन नै चलाएको छ । परिसर प्रमुख एवं एसएसपी विक्रम सिंह थापाले आफुले यसबारे मिसन नै चलाएको बताए ।
 
हाम्राकुरासंग कुरा गर्दै एसएसपी थापाले भने, ‘सामान्य नागरिक देखि ठूला ठालु कसैलाई हामी छोड्दैनौं । जुवा खेल्ने र दाउ हान्ने कोही हामीबाट उम्किन पाउँदैनन् । त्यसमा संग्न जो होस् साना ठूला भन्ने हुँदैन कारबाहीको भागिदार हुन्छन् ।’ तपाईहरुले भने जस्तो धेरै जना यस्तो गतिविधिमा संलग्न भएको सुनिएको छ । प्रतिष्ठीत व्यक्तिहरु समेत यस्तोमा लागेको सुनिन आएको छ, उनले थपे, ‘कसैलाई बाँकी राखिन्न ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ