arrow

टाईब्रेकरमा पेरुलाई पराजित गर्दै कोलम्बिया कोपाको सेमीफाईनलमा

logo
प्रकाशित २०७३ असार ४ शनिबार
Copa_Col_Peru.jpg.jpeg
काठमाडौं। कोलम्बिया कोपा अमेरिका फुटबलको सेमीफाईनलमा प्रवेश गरेको छ। पेरुलाई टाई-ब्रेकरमा ४-२ गोलले पराजित गर्दै कोलम्बियाले सेमी फाईनलमा स्थान पक्का गरेको हो। सन् २००४को कोपा पछि कोलम्बियाले पहिलो पटक सेमीफाईनलको यात्रा तय गरेको हो। 
 
अमेरिकामा जारि कोपा अमेरिका फुटबलको दोस्रो क्वार्टरफाईनलखेलको निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा गएको थियो। पेरुका २  जनाले पेनाल्टीमा गोल गर्न नसकेपछि १ पेनाल्टी बाँकी रहँदै कोलम्बियाले जित हात पारेको थियो। 
 
कोलम्बियाले मेक्सिको र चिली बिचको बिजेतासँग सेमीफाईनलमा खेल्ने छ। यसअघि अमेरिकाले सेमीफाईनलमा आफ्नो स्थान पक्का गरिसकेको छ। 
 
पेरुका मिगुएल ट्राउको र क्रिस्टियन कुएवाले पेनाल्टीमा गोल प्रहार गर्न सकेका थिएनन्। ट्राउकाको सटलाई कोलम्बियाका गोलकिपर डेविड ओस्पिनाले बचाएका थिए कूएवाले पोष्ट बाहिर प्रहार गर्दै कोलम्बियालाई जितको ढोका खोलेका थिए। 
 
कोलम्बियाका चारै जनाले गोल गरेका थिए। 
 
भोलि २ क्वार्टरफाईनल खेलहरु हुनेछन्। अर्जेन्टिना र भेनेजुएला भिड्ने छन् भने मेक्सिको र चिलीको खेल पनि रोमाञ्चक हुने छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ