arrow

इराकलाई सबै अरब राष्ट्रले सघाउन आग्रह

logo
प्रकाशित २०७३ असार ४ शनिबार
ClK27o-WYAAxLAu.jpg.jpeg
अम्मान। इराकको शान्ति र पुननिर्माणका लागि सहयोग गर्न विभिन्न क्षेत्रबाट आग्रह गरिएको छ । यसका लागि सबै अरेबियाली देशको कर्तव्य पनि भएको यस क्षेत्रका विज्ञ तथा व्यक्तिले जनाएका हुन् । अरब क्षेत्रका विज्ञ तथा अधिकारीहरुले इराकको पुनर्निर्माणका लागि सबै अरब राष्ट्रले सघाउनुपर्ने जनाएका छन् । 
 
अम्मानको सरकारी समाचार समिति पेट्राका अनुसार हालै अम्मानमा आयोजित एक कार्यक्रममा सहभागीले विभिन्न अरेबियाली देशका अधिकारी र विज्ञले सो आग्रह गरेका हुन् । पान अरब कन्फरेन्समा बोल्दै ती अधिकारीहरुले इराक पछिल्लो समयमा हिंसाको चपेटामा परेको भन्दै उसका लागि सहयोगको याचना गरेका हुन् । 
 
उनीहरुले इराकमा विगत लामो समयदेखि हिंसा जारी छ र जसका कारण त्यहाँको अवस्था प्रतिदिन जर्जर हुदै गएको छ भन्दै त्यसको पुनर्निर्माणका लागि पनि अरु अरबी देशको सहयोग आवश्यक रहेको जनाइएका छन् । 
 
इराकमा बिगत लामो समयदेखि जारी रहेको यस्तो हिंसाका कारण संरचनाहरु भत्किएका छन् भने तिनीहरुको निर्माण र त्यहाँका अरु सम्भावनासमेतको खोजीमा अरब विश्वको चासो हुनुपर्नेमा उनीहरुको जोड थियो । 
 
इराकमा कम्तीमा पनि २१ अरब अमेरिकी डलर बराबरको सहयोगको आवश्यकता रहेको र सो मूल्य बराबरको संरचनाको निर्माण प्रक्रिया पनि सुरु भएको बताइएको थियो । यस निर्माण प्रक्रियालाई सबै अरेबियाली देशको सहयोग आवश्यक रहेको उनीहरुले बताएका थिए । इराकलाई अझ विग्रन नदिनका लागि सबैको सहयोगको अपेक्षा गरिएको उनीहरुको बताएका छन् । 
 
इराकमा पछिल्लो समयमा सुन्नी र सिया मुस्लिम समुदायकै झगडाले हिंसा र प्रतिहिंसा फैलिइरहेको छ । साथै गएको वर्षयतादेखि त्यहाँ आइएसको पनि हिंसा सुरु भएको छ ।
 
 
फाल्लुजा सहरको सरकारी परिसर सुरक्षाबलको कब्जामा 
 
यसैबीच प्राप्त अर्को एक समाचारअनुसार इकाकको पश्चिमी प्रान्त अन्बारको फाल्लुजाह सहरमा शुक्रबार इराकी सुरक्षाबलले सरकारी प्रमुख परिसरहरु पुनः कब्जा लिएको छ ।  फाल्लुजा सहरको दक्षिणी भाग केही दिनयता सुरक्षाबल र आइएस लडाकूबीच जारी रहेको झडपपछि सो सहर सुरक्षाबलको कब्जामा आएको बताइएको छ । 
 
इस्लामिक स्टेट (आइएस) आतङ्ककारी समूहको कब्जाबाट सो सरकारी परिसर पुनः कब्जामा लिएका सुरक्षाबलका प्रमुख कमाण्डरले जानकारी दिएका छन् ।  सरकारी प्रमुख परिसरहरु शुक्रबार कब्जामा लिइएको प्रहरी कमाण्डर बब्दुलवाहाब अल सादीले एएफपी समाचार समितिलाई बताए । 
 
इराकको सङघीय प्रहरी प्रमुख राइद शाकेर जाउदातले प्रहरीको यस सफलताको पुष्टि गरेका छन् । शुक्रबार बिहान सवेरै फाल्लुजामा रहेको सरकारी प्रमुख भनवहरु आइएसबाट मुक्त गराइ त्यहा इराकी झण्डा फहराइएको जाउदातद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । 
 
यस सहर कब्जा गर्नको लागि गत चार हप्तादेखिको इराकी सुरक्षाबलको गर्दै आएको भीषण कारबाहीको यो महत्वपूर्ण पाइला भएको पनि जाउदातले बताए ।  आइएसको कब्जाबाट सरकारी परिसर स्वतन्त्र भएको र यस सरकारी परिसरहरु फाल्लुजाहको ऐतिहासिक चिन्ह र प्रतिक भएको पनि जाउदातले बताएका हुन् । 
 
इराकी सरकारले सन् २०१४ बाट इराकको फाल्लुजा सरहमा नियन्त्रण गुमाएका थिए । आइएस आतङ्ककारी समूहले इराकको दोस्रो सहर मोसुल नियन्त्रण गर्नु केही अगाडी नै फाल्लुजा नियन्त्रणमा लिएको थियो । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ