arrow

बेलायती सांसद जो कक्सको हत्यापछि प्रधानमन्त्री क्यामरुद्वारा संसद बैठक आह्वान

logo
प्रकाशित २०७३ असार ४ शनिबार
7522372-3x2-700x467.jpg.jpeg
ब्रिस्टल (बेलायट), । बेलायतको योर्क सायर क्षेत्रमा अवस्थित ब्रिस्टल गाउँमा बिहीबार एक सांसदको हत्या भएपछि घटनाको विवरण बुझ्न प्रधानमन्त्री डेभिड क्यामरुन ब्रिस्टल पुगेका छन् । ब्रिस्टलमा प्रतिपक्षी लेवर पार्टीका नेता र प्रधानमन्त्री डेभिड क्यामरुनले एक संयुक्त समारोहलाई सम्बोधन गर्दै सम्बद्ध सबैलाई संयम बन्न आग्रह गरेका छन् । 
 
प्रतिपक्षी दलका सांसद जो कक्सलाई गोली हानी मारेको स्थल नजिकै आयोजित सभामा सम्बद्ध सबै जनतालाई सार्वजनिक रुपमा गरिने बहसमा संयम बन्न अनुरोध गरेका हुन् । 
 
यसैगरी सांसदको हत्या भएपछिको अवस्थामा प्रधानमन्त्री क्यामरुनले आगामी सोमबारका लागि संसद बैठकको आह्वान गरेका छन् । प्रधानमन्त्रीले प्रतिपक्षी दलको अनुरोधमा संसद बैठक बोलाएको जनाइएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ