arrow

दवाबमा रहेको पोर्चुगल तीन अंकको खोजीमा , रोनाल्डोको किर्तिमानी खेल

logo
प्रकाशित २०७३ असार ४ शनिबार
Portugal_Football.jpg.jpeg
काठमाडौं। युरो २०१६को समुह 'एफ'मा आईतवार बिहान १२:४५ बजे पोर्चुगल र अष्ट्रिया भिड्दैछन्। आफ्नो पहिलो खेलमा हंगेरीसँग २-० गोलले पराजित गरेको अष्ट्रिया आईसल्याण्डसँग १-१ गोलले बराबरी खेलेको पोर्चुगलसँग भिड्नेछ। 
 
स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको टोली पोर्चुगललाई हंगेरी बिरुद्ध स्पष्ट ३ अंक ल्याउने दवाब रहेको छ। अंकबिहिन अष्ट्रियालाई आज जितको दवाब हुनेछ भने दोस्रो चरणमा सजिलै पुग्न पोर्चुगललाई जित आवश्यक रहेको छ। युरो छनौट खेलहरुमा तहल्का मच्चाएर आएको अष्ट्रिया त्यही लयमा फर्किए पोर्चुगललाई गाह्रो पर्ने छ। 
 
आईसल्याण्ड बिरुद्ध अंक बाँडेपछि रोनाल्डोले उनीहरुको खेलको आलोचना गरेका थिए। उक्त आलोचनाको विश्वभर बिरोध भएकोले रोनाल्डो अष्ट्रिया बिरुद्धकोखेलमा दवाबमा रहने छन्। उनलाई गोल गर्ने र आफ्नो टोलीलाई बिजयी गराउने दवाब रहने छ। 
 
रोनाल्डोको किर्तिमानी खेल
पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो अष्ट्रिया बिरुद्ध हुने खेलमा आफ्नो देशकालागि १२८औं खेल खेल्दैछन्। यसअघि पोर्चुगलका लुईस फिगोले १२७ खेलको रेकर्ड राखेका थिए। अष्ट्रिया बिरुद्ध को केलपछि रोनाल्डो पोर्चुगलकाालगि सबै भन्दा बढी खेल केल्ने खेलाडी बन्ने छन्। 
 
पोर्चुगल-अष्ट्रिया
फुटबल ईतिहासमा दुई टोली १० पटक आमने सामने भएका छन् जस्मा पोर्चुगलले २ खेल जितेको छ भने हंगेरीले ३ खेलमा जित हात पारेको छ। दुई टोलीले एक अर्का बिरुद्ध खेलेको ५ खेल बराबरीमा सकिएको छ। मुख्य प्रतियोगितामा दुई टोली पहिलो पटक आमने सामने हुँदैछन्। 
 
समुह चरणको पहिलो खेलमा हंगेरीसँग पराजित अष्ट्रिया दवाबमा मैदान उत्रने छ भने आइसल्याण्ड बिरुद्ध अंक बाँडेको पोर्चुगल जित्नै पर्ने दवाबमा रहने छ। जुन टोलीले दवाबलाई सम्हालन सक्यो त्यही टोली बिजयी हुने विश्लेषकहरुको बुझाई छ। 
 
सन् २००८को युरोदेखि पोर्चुगलले समुह चरणको पहिलो खेल जितेको छैन् तर आफुले खेलेको ६ वटा युरोमा जहिल्यै दोस्रो चरण पुगेको ईतिहास रहेको छ। 
 
अष्ट्रियाको युरोमा उपस्थिती खासै उत्साहजनक रहेको छैन्। छनौट चरणमा १० खेल अपराजित रहेको अष्ट्रिया युरो २०१६को फाईनल्सको पहिलो खेलमा पराजित भएको हो। 
 
पोर्चुगल
स्टार खेलाडी क्रिश्चियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगल यो युरोकपको उपाधिको प्रमुख दावेदार मध्ये एक टोली हो। रोनाल्डो, नानी, पेपे जस्ता स्टार खेलाडी रहेको यो टोलीले हालसम्म एक पटक पनि अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन । त्यसैले यो युरोकप जित्दै उ आफ्ना समर्थकलाई पहिलो उपाधिको खुसीयाली दिन चाहान्छन्।  
 
युरोकपमा ६ पल्ट सहभागिता जनाएको पोर्चुगलको सबै भन्दा सुखद् नतिजा सन् २००४ मा आफ्नै घरेलु भूमिमा भएको युरो कपमा फाइनल सम्म पुग्नु हो । हाल फिफा विश्व वरियतामा ८ औ स्थानमा रहेको पोर्चुगल सन् २०१० जुन मा  विश्व वरियतामा ३ औ स्थानमा पुगेको थियो जुन उसको हाल सम्म कै सबै भन्दा उच्च स्थान हो।  जुवा मोउटिनह्यो, नानी, रुई पाट्रिसियो, ब्रुनो एल्भास, पेपे, क्रेश्चियानो रोनाल्डो जस्ता सुपर स्टार रहेको यो टोली आफ्नो पहिलो युरोकप जित्ने ध्यानमा रहेको छ। 
 
 युरोकप अघाडीको मैत्रिपुर्ण खेल
 
पोर्चुगल ७-० स्टोनिया
पोर्चुगल ०-१ इङ्ल्याण्ड
 
 
अष्ट्रिया
युरोकप छनोट समूह ‘जी’को विजेता बन्दै दोस्रो पटक युरोकपको लागि छानिएको यो टोली उक्त समूहमा अपराजित रहँदै छनोट भएको हो। हालविश्व फिफा वरियता मा २०औ स्थानमा रहेको अष्ट्रियाको यो हाल सम्म कै सबै भन्दा उच्च स्थान हो। 
 
युरोकप छनौट चरणमा   उसले कुल १० खेलमा ९ मा जीत  तथा १ बराबरी खेल्दै यो युरोकपमा छनोट भएको हो। मार्क जान्को, डेविड अल्बा , मार्को अर्नाउटोविक, मार्टिन हर्निक ,रोबर्ट अल्मेर जस्ता खेलाडी भएको यो टोली सन्तुलित रहेको छ।  
 
युरोकप अगाडीको मैत्रिपुर्ण खेल
अष्ट्रिया ०-२ नेदरल्याण्ड
अष्ट्रिया २-१ माल्टा
 
श्रोत: युईएफए



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ