arrow

हावाबाट साढे १ किलोवाट विद्युत उत्पादन

logo
निर्मल खत्री,
प्रकाशित २०७३ असार ४ शनिबार
IMG_0033-1024x683.jpg.jpeg
म्याग्दी । मुस्ताङ सदरमुकाम जोमसोममा हावाबाट साढे १ किलोवाट विजुली उत्पादन गरिएको छ । बुद्ध पावर प्रा.लि पोखराको पहिलो प्ररिक्षण गरि साढे १ किलोवाट क्षमताको विद्युत उत्पादन भएको जनाएको छ । हावाको गतिको आधारमा उत्पादन बढ्दै जाने कम्पनीले दाबी गरेको छ । मुस्ताङमा दिउसोको समयमा बढी हावा चल्ने भएकाले अन्य समयका लागि व्याकअपको रुपमा सोलार प्रणाली पनि जडान गरिएको छ ।  मदानी प्रकृतिको पँखा राखेर विद्युत उत्पादन सुरु गरिएको कम्पनीका निर्देशक पुस्कर तिमिल्सीनाले जानकारी दिए ।
 
“अहिले हामीले परिक्षणको रुपमा उत्पादन गरेका हौ, ठुलो साईजको मेसिन ल्याएर व्यवसायिक उत्पादन गर्ने योजना छ”, कम्पनीका निर्देशक तिमिल्सीनाले भने , “एकमहिना पछि हामीले यो परियोजनाको उद्घाटन नै गर्नेछौँ ।” अध्ययन अनुसार जिल्लाको मुक्तिनाथ, कागबेनी, जोमसोम, मार्फा र कोबाङ गाविसमा तीब्र गतिमा हावा चल्ने भएकाले त्यसबाट विद्युत उत्पादन गर्न सकिन देखिएको छ ।
 
 सोही अनुसार, कुन बेला हावाको गति कति आउँछ भन्ने कुराको अध्ययन भईरहेको कम्पनीले जनाएको छ । उत्पादन भएको विद्युत तत्काललाई ३ घरमा जडान गरिएको स्थानिय युवा निरज थकालीले जानकारी दिए । यसअघि मुस्ताङकै कागबेनीमा हावाबाट विजुली उत्पादन गरिएपनि कम्जोर व्यवस्थापनका कारण ६ महिनामै जीर्ण बनेको थियो थकालीको भनाई छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ