arrow

अंकबिहिन बेल्जियम आयरल्याण्ड बिरुद्ध स्पष्ट जितको दाउमा

logo
प्रकाशित २०७३ असार ४ शनिबार
Ireland_Belgium.jpg.jpeg
काठमाडौं। ईटली बिरुद्ध अप्रत्यासित नतिजा ब्योहोरेको बेल्जियम आयरल्याण्ड बिरुद्ध स्पष्ट जित हासिल गर्ने योजनामा रहेको छ। आयरल्याणड्ले आफ्नो पहिलो खेलमा बलियो मानिएको स्विडेनसँग बराबरी खेलेको कारणले उच्च मनोबलका साथ मैदानमा उत्रने छ। 
 
बेल्जियम र आयरल्याण्डले एक अर्का बिरुद्ध १३ पटक खेलेका छन्। १३ खेलमा ५ जित, ५ बराबर र ३ पराजित  नतिजा बेल्जियमको पक्षमा रहेको छ। सन् १९९७मा अन्तिम पटक भेटेका दुइ टोलीको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। 
 
सन् १९८८ र २०१२को युरो खेलेको आयरल्याण्डले पहिलो चरण पार गर्न सकेको छैन्। सन् १९८८को युरोमा ईङल्याण्डलाई पराजित गरेको आयरल्याण्डले त्यसबाहेक कुनै खेल जित्न सकेको छैन्। 
 
बेल्जियम
जारी प्रतियोगिताको पहिलो खेलमा बलियो मानिएको इटालीसँग २-० गोल अन्तरले पराजित भएको   बेल्जियम आफ्नो  दोस्रो खेलमा आयरल्याण्डको सामना गर्दैछ। टोलिमा युवा खेलाडी बाहुल्यता रहेको यो टोली पछिल्लो केही समय यता उत्कृष्ठ खेल खेल्दै आएको छ । 
 
विगत २ वर्ष यता निरन्तर फिफा विश्व वरियतामा शीर्ष ३ मा पर्दै आएको बेल्जियम टोली माथी  यो युरोकपकमा सम्पुर्ण फुटबल प्रशंसकको आँखा रहेको छ। आफ्नो पहिलो खेल गुमाएकोले   यो खेलमा निश्चित जितको खेजीमा रहेको बेल्जियम आफ्नो स्वाभीक खेल देखाउन सके आयरल्यण्डलाई सहजै हराउन सक्ने क्षमता भएको टोली हो। त्यसैले आयरल्याण्ड विरुद्दको केलमा जित्नै पर्ने दबाब भए पनि उसका लागि आयरल्याण्ड सहज प्रतिद्वन्धी हुनेछ ।
 
फिफा बरियातामा  हाल दोस्रो स्थानमा रहेको बेल्जियम सन् २०१५ नोवेम्बर देखि मार्च २०१६ सम्म पहिलो बरियतामा रहयो । इडेन हाजार्ड, रोमेलु लुकाकु, केविन डे ब्रुने, यानिक कारास्को, थोमस भर्मालिन आदी विश्व चर्चित खेलाडी टोली बलियो मानिएको छ । फिफा विश्वकपमा सन् १९८६ मा चौथो स्थान हासिल गरेको बेल्जियमले सन् २०१४ को विश्वकपमा क्वार्टरफाइनल सम्मको यात्रा तय गरेको थियो। 
 
 
आयरल्याण्ड
यो युरोकपको पहिलो खेलमा बलियो मानिएको स्वीडेनसग १-१ गोलको बराबरी खेल्दै १ अंक जोडेको आयरल्याण्ड  आफ्नो दोस्रो खेल बेल्जियम विरुद्दको  खेलमा पनि बराबरी खेल्दै अंक जोड्ने दाउमा रहेको आयरल्याण्ड सके सम्म अप्रत्यासित नतिजा निकाल्ने प्रयास गर्नेछ।  
 
यो युरोकपमा प्ले अफमा बोज्निया हर्सगोभिनालाई हराउँदै छनोट भएको  आयरल्याण्ड यसअघि २ पटक युरोकप खेले पनि समूह चरण पार गर्न सकेको छैन। जोन वाल्टर्स, रोबी कीन, डेभिड मिलर, सेमस कोलमन, शे ग्लेभेन र स्टेफेन वार्ड उसका प्रमुख  हतियार हुन् ।  हाल विश्व फिफा वरियतामा ३३ औ स्थानमा रहेको उसको उच्च स्थान सन् १९९३ मा  तेस्रो हुनु हो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ