arrow

बजेटले महंगी बढाउँछ, अहिलेबाटै छलफल सुरु गर्नु पर्छः प्राडा प्याकुरेल

बजेट कार्यान्वयनमा गएपछि महंगी घट्छः मन्त्री भण्डारी

logo
प्रकाशित २०७३ असार ४ शनिबार
artha1.jpg.jpeg
काठमाडौ । अर्थराज्य मन्त्री दामोदर भण्डारीले बजेट कार्यान्वयनको चरणमा गएपछि मुल्य बृद्धि आफै घट्दै जाने दावी गरेका छन ।  रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले मुल्य बृद्धिप्रति सरकार सचेत रहेको भन्दै मुल्य बृद्धि कम गर्ने योजनामा सरकारले छलफल थालिसकेकोले बजेट कार्यान्वयनमा जाने वित्तिकै मुल्य बृद्धि घट्ने स्पष्ट पारे । 
 
साक्षात्कारमा मन्त्री भण्डारीले भने,‘ मुल्य बृद्धि घटाउन सरकारले ठोस योजना छिट्टै ल्याउँछ । अहिले हामी आन्तरिक रुपमा छलफलमा छौ । कृतिम अभाव सृजना गरेर मुल्यबृद्धि गर्नेहरुलाई सरकारले कडा ढंगले कारवाही गर्छ ।’
 
उनले विगतमा बजेट पूर्ण रुपमा कार्यान्वयन हुन नसक्नुका कारण र पुजिगत खर्चहरु हुन नसकेको परिस्थितिको विषयमा सरकारले छलफल चलाईसकेको जानकारी दिदै साउन १ गतेबाटै सबै मन्त्रालयहरुलाई बजेटको अख्तियारी दिएर बजेट कार्यान्वयनमा लैजाने विश्वास ब्यक्त गरे । बजेट कार्यान्वयनको क्रममा देखिएका सबै अवरोधहरुलाई कानूनी रुपमै फुकाएर अघि बढ्ने योजनामा सरकार रहेको समेत सुनाए । 
 
मन्त्री भण्डारीले बजेट कार्यान्वयनकोलागि सरकारले कार्यतालिका बनाएर ब्यवस्थापिका संसदमै छलफल गरेर नयाँ अभ्यास थाल्ने तयारी गरिरहेको जानकारी दिदै अहिले आफूहरु अहिलेसम्मका बजेट कार्यान्वयनमा देखिएका समस्या र चुनौतिको बारेको विश्लेषणमा रहेको सुनाए । 
 
उनले संविधानमा ३१ वटा मौलिकहकहरु रहेकोले त्यसलाई कार्यान्वयन गर्ने दायित्व सरकारको रहेको भन्दै त्यसलाई कार्यान्वयन गर्ने गरी बजेट निर्देशित भएकोले ठूलो आकारको भएको भन्दै बजेट कार्यान्वयनका चुनौतिहरु खोजेर त्यसलाई समाधान गरि कार्यान्वयन गर्नु पर्नेमा जोड दिए । 
 
मन्त्री भण्डारीले बर्तमान सरकार यथास्थितिमा रहन नचाहेकोले हिम्मत गरेर सबै क्षेत्रलाई समेट्ने गरी बजेट ल्याएको भन्दै कर्मचारीको तलब बृद्धि, सामाजिक सुरक्षा खर्च बृद्धि जस्ता कारणले मुल्य बृद्धि नहुने ठोकुवा गरे । अर्थविद्ध प्राडा विश्वम्भर प्याकुरेलले संसदमा रहेका ४० वटा ऐनहरु पारित हुन नसक्नु, प्रशासनिक संरचनामा परिवर्तन नहुनुले यसपटक पनि पुजिगत खर्च हुन सक्नेमा आशंका ब्यक्त गर्दै यस्तै अवस्था कायम रहे मुल्य बृद्धि हुने चेतावनी दिए । 
 
उनले भारतको बजेटले कृषिमा र उद्योगको कच्चा पदार्थमा ब्यापक अनुदान दिएकोले यहाँको उत्पादकत्वलाई प्रभावित गर्दा मुल्यबृद्धि हुने आशंका ब्यक्त गर्दै अब प्रधानमन्त्रीले बजेट कार्यान्वयनमा मन्त्रीहरुलाई जिम्मेवार बनाउन कार्यान्वयनको समयसीमा नै तोकेर अनुगमन गर्नु पर्ने सुझाव दिए । प्याकुरेलले भैँचालो र नाकाबन्दीले ७० प्रतिसत कुल ग्राहस्थ उत्पादन गुमाएको अवस्थामा बजेटको आकार बढ्नु स्वभाविक भएपनि अन्तरपार्टी समझदारी नहुनु, संसदमा रहेका ऐन पारित नहुनु र प्रशासनिक र शासकीय स्वरुपमा परिवर्तन नहुनुले बजेटको कार्यान्वयनमा ठूलो चुनौति रहेको औल्याए । 
 
उनले भने,‘ मुलुकमा मुद्रा स्फिति बढ्दो छ, महंगी बढ्दो छ । यसका कारण मुलुक ठूलो चुनौतिबाट गुज्रनु पर्ने अवस्था छ । ठूलो आकारको बजेटको कारण विस्तारकारी अर्थनीति लिनु पर्छ । त्यसकोलागि करमा छुट दिनु पर्ने हुन्छ त्यो हामी सक्ने अवस्थामा छैनौ । यसले मुद्रा स्फिति बढाउँछ । ’
 
राष्ट्रिय योजना आयोगका सदस्य चन्द्रकान्त पौडेलले प्रधानमन्त्रीको ईच्छाशक्ति भए बजेट कार्यान्वयन हुने दावी गर्दै सरकारले आधुनिक ढंगले बजेट कार्यान्वयनमा काम गर्ने योजना बनाएकोले बजेट कार्यान्वयन भएपछि आफै महंगी घटेर जाने विश्वास ब्यक्त गरे । उनले भने, प्रधानमन्त्री पद्धतिमा काम नगर्ने मन्त्री र सरकारी निकायलाई प्रधानमन्त्री हटाउन सक्नु पर्छ । ’ 
 
आर्थिक बृद्धि दर न्यून भएको अवस्थामा थोरै पनि काम भए त्यो बृद्धि भएर जाने भन्दै मुलुकमा राजनीतिक प्रगति भईसकेको र समयमै बजेट आएकोले कर्मचारीलाई उचित ढंगले परिचालन गर्न सके बजेट कार्यान्वयन हुने बताए । 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ