एजेन्सी । सलमान खानको आगामि चलचित्र 'सुल्तान' र अमिर खानको 'दंगाल' को कथा बस्तुमा समान्तर रहेको बिषयमा दुवै कलकारले फरक मत राखेका छन् ।
अमिर खानको श्रीमति किरण रावले चलचित्र 'सुलतान' मा सलमान लुङ्गी लगाएको सिनलाई हट भनेकी थिइन् । किरणले सलमानलाई हट भनेको बिषयमा पत्रकारले अमिरलाई प्रश्न गर्दा उनले भने , - पहिलो कुरा किरणले मेरो अगाडि सलमानलाई हट देखिएको भनेकी छैनन् ।
उमिरले थपे ,- तपाई जे भन्नुहोस सलमान ह्याण्डसम एक्टर हुन् । उनि बिना कपडा अझ ह्याण्डसम देखिन्छन् । उनि गिफ्टेड ह्युमन बिङ हुन र निकै चार्मिङ पनि रहेका छन् ।
अमिरले सो समय 'अन्दाज अपना अपना' को अर्को सिक्वेल बनेमा उनि सलमानसँग अभिनय गर्ने बताएका छन् ।