arrow

उत्साहित आइसल्याण्ड र हंगेरीको खेल रोमाञ्चक हुने

logo
प्रकाशित २०७३ असार ४ शनिबार
Iceland-vs-Hungary-Euro-2016.jpg.jpeg
काठमाडौ। पोर्चुगलसँग बराबरी खेलेर उत्साहित बनेको आईसल्याण्डको सामना अष्ट्रियालाई २-० गोलले पराजित गर्दै होसिएको हंगेरी बिरुद्ध हुँदैछ। पहिलो पटक युरो खेल्दै गरेको आइसल्याण्ड पोर्चुगलसँगको बराबरी नतिजाले उत्साहित बनेको हो। 
 
हंगेरी र आइसल्याण्ड बिच अहिलेसम्म १० खेल खेलिएका छन्। १० खेलमा ७ केलमा हंगरी बिजयी रहेको छ भने तीन खेल आइसल्याण्डले जितेको छ। सन् २०११को अन्तिम भेटमा अंगेरीले आइसल्याण्डलाई ४-० गोलले पराजित गरेको थियो। त्यसपछि दुई टोली बिच कुनै खेल भएको छैन्। 
 
हंगेरी आइसल्याण्ड बिरुद्ध जित हात पार्दै तीन अंक जोड्ने योजनामा रहने छ भने आइसल्याण्ड पनि खेल आफ्नो पक्षमा पार्ने गरि खेल्ने छ। ६ अंक भएमा हंगेरि दोस्रो चरणमा पुग्ने छ। 
 
 
हंगेरी 
जारी युरोकपको समुह  'एफ' अन्तर्गतको अष्ट्रिया विरुद्दको आफ्नो पहिलो खेलमा शश्क्त प्रदर्शन गर्दै  तुलानात्मक रुपमा बलियो मानिएको अष्ट्रियालाई २-० गोल अन्तरले हराउदै समुहमा ३ अंकको साथ शिर्ष स्थानमा रहेको छ।  
 
आइसल्याण्ड सगको आफ्नो दोस्रो खेल जित्दै प्रतियोगिताको नक-आउट चरणको प्रवेशको संभावना बलियो बनाउने तरखरमा रहेको हंगेरीले आफ्नो  सन् १९औ शताव्दिको फुटबलमा सर्वाधिक शक्तिशाली  देशको प्रभुत्व आयरल्याण्ड माथि देखाउने अपेक्षा गरिएको छ।तत्कालिन फुटबल महारथी हंगेरी सन् १९६४ र १९७२  दुई पटक युरोकपमा सहभगिता जनाएको उसले  दुबै पटक युरोकपको सेमिफाइनल सम्मको यात्रा गरेको थियो। 
 
हाल विश्व फुटबल वरियतामा २० औ स्थानमा रहेको यो टोलीको  वरियतामा उच्च स्थान सन् २०१० अप्रिलमा १८ औ स्थान हासिल गर्नु हो। विश्व फुटबलबाट एकाएक ओझेलमा परेको यो टोली दशकौं पछि फेरी उसले अन्तर्राष्ट्रिय प्रतियोगितामा पुनरागमन गर्दै आफ्नो पहिलो खेलमा सयखद नतिजा निकालेको यो टोलीको  क्रिसजियन,डेनियल बोडे,गावेर,किराय,रिचर्ड गुजमिक,रोनाल्ड ग्युचुहास,जोल्टन गेटा भरपर्दा खेलाडी हुन्। 
 
आइसल्याण्ड
आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै गरेको आइसल्याण्डले यो युरोकप पहिलो खेलमा बलियो मानिएको पोर्चुगल सँग अप्रयासित रुपमा १-१ गोलको बराबरी खेल्दै पोर्चुगललाई अंक बाड्न बाध्य बनाएर सबैलाई चकित बनाएको थियो।  
 
आफ्नो दोस्रो खेलमा हंगेरीको सामना गर्ने यो टोलीको लागी आफ्नो पहिलो खेलको प्रदर्शनले मनोवल उच्च हुनेछ। छनोट चरणमा उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्याण्ड जस्ता बलियो टोलीलाइ हराएको आइसल्याण्ड यो युरोकपमा  अप्रत्यासित नतिजा निकाल्ने खुबी रहेको छ। 
 
यस प्रतियोगितामा हेनेस हेल्डोरसन,रग्नर सेगुर्डसन, बिकिर बियर्नासन,केरी अर्नासन, कोल्विन स्किथोर्सन उसका  प्रमुख हतियार हुन। विश्व फिफा वरियतामा हाल ३४ औ स्थानमा रहेको सन् २०१५ मा २३ औ स्थानमा पुगेको थीयो जुन उस्को सबै भन्दा उच्च स्थान हो। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ