एजेन्सी । हामि सबैलाई थाहा छ दिनको सुरुवात सुर्यको प्रकाशबाट हुन्छ । त्यस्तै रात उज्यालो हटनुले । सूर्य उदाउनु र अस्तउनुले एक दिनलाई जनाउदछ । त्यसैगरि दिनलाई हप्ता , महीना र बर्ष गरि छुटाइएको हुन्छ । तर विश्वमा केहि यस्ता देशहरु पनि छन् जहां महिनौ सम्म सूर्य अस्ताउदैनन् । यी देशहरुमा २४ सै घण्टा उज्यालो भइरहन्छ ।
१.नार्वे
नार्वेलाई ल्याण्ड अफ द मिड नाइट सन भनिन्छ । नर्वेमा मे महिना देखि जुलाई सम्म सूर्य अस्तउदैन । सो समयको सुन्दरता हेर्नको लागि विश्वभरका मानिसहरु नर्वे पुग्ने गर्दछन् ।
२.स्वीडेन
स्वीडेनमा आधा रात सम्म पनि सूर्यको उज्यालो रहि रहन्छ । स्वीडेनमा मे महिनको सुरुवात देखि अगस्त सम्म मध्य रात सम्म सूर्य अस्ताउदैन ।
३.आइसल्याण्ड
आइसल्याण्ड निकै सुन्दर देश हो । यहा तपाई आधा रात सम्म प्राकृतिक प्रकाशको मजा लिन सक्नुहुनेछ । आइसल्याण्डका झरना, ज्वालामुखी,ग्लेशियरले तपाईलाई विशेष आकर्षीत गर्नेछन् ।
४.क्यानडा
क्यानडामा ५०-५० दिन सम्म सूर्य अस्तउदैन । सो कारण क्यानाडामा आधा रात सम्म अध्यारो हुदैन ।