arrow

ठगी गर्ने मेनपावर सरकारको निगरानीमा छ–श्रममन्त्री

logo
प्रकाशित २०७३ असार ४ शनिबार
deepak-bohora.jpg.jpeg
बुटवल । श्रम तथा रोजगार मन्त्री दीपक बोहोराले वैदेशिक रोजगारमा हुने ठगीलाई नियन्त्रण गर्न सरकार क्रियाशील रहेको बताएका छन् । सरकारले गतवर्ष असारदेखि नै वैदेशिक रोजगारमा जाने कामदारलाई ‘फ्रि भिसा र फ्रि’ टिकटको व्यवस्था लागू गरे पनि त्यसको व्यवहारमा कार्यान्वयन हुन नसकेको भन्दै उनले त्यस्ता ठगी गर्ने मेनपावर सरकारको निगरानीमा रहेको बताए । 
 
रोजगार मन्त्रालय आप्रवासन (सामी) परियोजनाले बुटवलमा आयोजना गरेको गोष्ठीको आज बुटवलमा उद्घाटन गर्दै मन्त्री बोहोराले वैदशिक रोजगारमा जाने कामदारको फारम र रु १० हजार भुक्तानी अनलाइन प्रणालीमा हुने जानकारी दिए । 
 
उनले मेनपावर सञ्चालकबाट सर्वसाधारणलाई ठगी नियन्त्रण गर्न सरकारले ऐन संशोधन गर्न लागेको बताए । उनले वैदेशिक रोजगारमा गएर मृत्यु भएका परिवारलाई रु १० लाख र अपाङ्ग भएका व्यक्तिलाई रु पाँच लाख सरकारले दिने र उक्त रकम पीडितले आ–आफ्नो जिल्लाबाट पाउनेछन् मन्त्री बोहोराले भने । 
 
उनले भने , “मन्त्रालयले नयाँ ६ वटा देशसँग वैदेशिक रोजगारका लागि श्रम सम्झौता गर्ने तयारी गरेको छ । मन्त्रालयका सहसचिव गोविन्द भुर्तेलले नेपालको अर्थतन्त्रमा ३० प्रतिशत योगदान दिने वैदेशिक रोजगारलाई सुरक्षित र भरपर्दो बनाउन ऐन र निर्देशिका संशोधन गरेर कार्यान्वयन हुने चरणमा रहेको बताए । 
 
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले वैदेशिक रोजगारलाई न्यूनीकरण गर्न स्वदेशमै उद्योग धन्दाको विकास हुन जरुरी रहेको बताए । गोष्ठीमा १८ जिल्लाका प्रतिनिधि सहभागी छन् । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ