arrow

दक्षिण चीन सागरमा चिनियाँ सेनाद्वारा ब्यालेस्टिक मिसाइल लन्चर परिचालन

logo
प्रकाशित २०७७ माघ २७ मंगलबार
balastic-missiles-.jpg

बेइजिङ। चीनले मध्यम विस्तृत प्रशिक्षणका लागि आफ्नो नयाँ उन्नत इन्टरमिडियट-सीमा ब्यालिस्टिक मिसाइल (आईआरबीएम) को लागी ठुलो सङ्ख्यामा प्रक्षेपणकर्ताहरू परिचालन गरेको छ। संयुक्त राज्य अमेरिकाले विवादित दक्षिण चीन सागरमा आफ्नो पोस्ट जारी राखेको अवस्थामा चीनले नयाँ ब्यालेस्टिक मिसाइलको परीक्षण सुरु गरेको हो।

वाशिंगटनस्थित अमेरिकी वैज्ञानिकहरूको महासङ्घ (एफएएस) ले बिहीबार वासिङ्टनस्थित एक प्रतिवेदनमा मेक्सन टेक्नोलोजीले गरेको सेटेलाइट तस्बिरहरूले चिनियाँ सेनाले पूर्वको शेन्डोङ प्रान्तमा प्रशिक्षण गरिरहेको जनाएको छ। डीएफ-२६ आईआरएमबीका प्रक्षेपणकर्ताहरूलाई तालिम केन्द्रमा परिचालन गरिसकिएको जनाइएको छ। पहिलो पटक यो क्षेत्रमा डीएफ-२६ अपरटिङ गरेको देखिएको हो।

गत हप्ता, क्यानाडास्थित कन्वा डिफेन्स समीक्षाका सम्पादक-प्रमुख, आन्द्रेई चांगले एक युट्युब भिडियोमा भनेका थिए, "चिनियाँ रकेट फोर्सले शेन्डोङ क्विंग्उ अड्डा र कोरलामा अर्को डीएफ-२६ आईआरबीएमका लागि करिब १६ प्रक्षेपणकर्ताहरू तैनाथ गरेको थियो।"

दक्षिण चीन सागरका विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले पनि कडा नीति लिएपछि चीन सशङ्कित बनेको हो। ट्रम्प प्रशासनले पनि सागरमा चिनियाँ हस्तक्षेपलाई अस्वीकार गरेको थियो भने बाइडेन प्रशासनले पनि त्यसलाई निरन्तरता दिएको छ। बाइडेन प्रशासनले दक्षिण चीन सागरमा सैन्य शक्ति परिचालन गर्ने भएको छ। बाइडेनको यो कदम चीनको टाउको दुखाइको विषय बनेको छ।

नियमित प्रेस ब्रिफिङमा बोल्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियाले सागरमा अमेरिकी वायुसेना पठाउने अमेरिकी निर्णयको निन्दा गरेका छन्। दक्षिण चीन सागरको स्वतन्त्रताका लागि अमेरिकी सेना पठाउन लागिएको प्रतिक्रिया अमेरिकाले दिएको छ।

चीन र दक्षिणपश्चिम एसियाली देशहरूबिच दक्षिण चीन सागरमा आ-आफ्ना दाबी नै ‘साउथ चाइना सी’को विवादको मुख्य कारण हो। चीनले आफ्नो जल क्षेत्र भनी दाबी गरेको समुद्रलाई ब्रुनाई, मलेसिया, फिलिपिन्स, ताइवान, भियतनाम लगायतका देशहरूले अस्वीकार गर्दै  आफ्नो सार्वभौमिकतामा चीनले दाबी गरेको आरोप लगाएका छन्।

अमेरिका ‘साउथ चाइना सी’लाई अन्तर्राष्ट्रिय जल क्षेत्र रहेको र चीनले समेत हस्ताक्षर गरेको संयुक्त राष्ट्रसङ्घीय नीति अनुसार स्वतन्त्र पारवहन क्षेत्र रहेको ठान्दछ। राष्ट्रसङ्घीय कानुन अनुसार समुद्रको नियन्त्रण आफ्नो देशको समुद्री तटबाट ३ सय ७० किलोमिटर सम्मको भाग सोही देशको हुने व्यवस्था विपरीत चीनले आफ्नो दाबी गरिरहेको अन्य देशको आरोप छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ