arrow

हिगुईनको दुई गोलले अर्जेन्टिना कोपाको सेमीफाईनलमा

logo
प्रकाशित २०७३ असार ५ आइतबार
COpa_Messi.jpg.jpeg
काठमाडौं। अर्जेनटिना कोपा अमेरिकाको सेमीफाईनलमा प्रवेश गरेको छ। भेनेजुएलालाई ४-१ गोलले पराजित गर्दै अर्जेन्टिनाले सेमीफाईनलमा स्थान पक्का गरेको हो। अर्जेन्टिनाले सेमीफाईनलमा आयोजक अमेरिकाको सामना गर्नेछ। 
 
खेलको ८औं मिनेटमा गोन्जालो हिगुईनले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। त्यसैगरि खेलको २८औं मिनेटमा हिगुईनले दोस्रो गोल गरेका थिए। 
 
४४औं मिनेटमा बेनेजुएलाका लुईस सेईजासले पेनाल्टीमा गोल गर्न नसक्दा खेलमा फर्किने संभावना सकिएको थियो। ६०औं मिनेटमा स्टार खेलाडी मेस्सीले गोल गर्दै अग्रता ३-० बनाएका थिए। ७०औं मिनेटमा होसे सालोमन रोनडनले भेनेजुएलाकालागि सान्तवना गोल गरेका थिए। 
 
७१औं मिनेटमा अर्जेन्टिनाका एरिक लामेलाले चौथो गोल गरेका थिए। अर्जेन्टिनाका मेस्सीले समधै जस्तो उत्कृष्ठ खेलको प्रदर्शन गरेका थिए। उनले गोल गर्नु र बाँकी गोलहरु हुनेक्रममा सहयोग गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ