arrow

इंग्लिस प्रिमियर लिगः युनाइटेड बराबरीमा रोकिँदा सिटी बलियो

logo
प्रकाशित २०७७ फागुन ३ सोमबार
man-utd9.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिँदा म्यानचेस्टर सिटीलाई फाइदा भएको छ । 
उपाधि दाबेदार युनाइटेड रेलिगेशन क्षेत्रको वेस्ट ब्रोमविच आल्बियनसँग बराबरीमा रोकिएपछि सिटीलाई फाइदा भएको हो । 

आइतबार राति भएको खेल १–१ गोलको बराबरीमा रोकिएको हो । वेष्टब्रोमको मैदानमा भएको खेलमा ४४ औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गरेपछि युनाइटेड हारबाट जोगिएको हो ।

त्यसअघि खेलको दोस्रो मिनेटमै एम्बाए डाएग्नेले गोल गर्दै वेस्टब्रोमलाई अग्रता दिलाएका थिए । 

यो बराबरीपछि पनि युनाइटेड लिगको दोस्रो स्थानमा पुगेको छ । तर महत्वपूर्ण दुई अंक गुमेपछि सिटीलाई भने फाइदा भएको छ । 

अन्य खेलको नतिजा
साउथह्याम्पटन १–२ वुल्भरह्याम्पटन वान्डेरर्स 
आर्सनल (औबामियाङ ३) ४–२ लिड्स युनाइटेड
एभर्टन ०–२ फुल्हम

अंक तालिका
२३ खेलबाट म्यानचेस्टर सिटी ५३ अंकसहित शीर्ष स्थानमा रहँदा २४ खेलबाट ४६ अंकसहित म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा छ । २४ खेलबाट ४६ अंकसहित नै लेस्टर सिटी तेस्रो स्थानमा छ । 

२४ खेलबाट ४० अंकको डिफेन्डिङ च्याम्पियन लिभरपुल चौथो स्थानमा छ । फुल्हम, वेष्टब्रोम र शेफिल्ड रेलिगेशन क्षेत्रमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ