arrow

मुलुकको स्वाधिनता जोगाउन राजासहितको प्रजातन्त्र आवश्यक: कमल थापा

logo
प्रकाशित २०७७ फागुन ३ सोमबार
Kamal_thapa.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले मुलुकको स्वाधिनता जोगाउन राजासहितको प्रजातन्त्र आवश्यक भएको औंल्याएका छन् ।

सोमबार सामाजिक संजालमा प्रतिक्रिया दिंदै अध्यक्ष थापाले नेपाली समाज सनातन मूल्य, मान्यता,धर्म र संस्कृतीको जगमा खडा भएको पनि उल्लेख गरेका छन् ।

संगठन सुदृढीकरण अभियानमा देशब्यापी अभियानमा जुटेका थापाले कोह कसैसँग डराउन नपरेपछी नेपालमा भ्रष्टाचार, ब्यभिचार र मनपरितन्त्र बढेको पनि बताए ।

अध्यक्ष थापाले देशका विभिन्न स्थानमा पुगेर राजासहितको प्रजातन्त्र नै नेपाल र नेपालीको हितमा हुने प्रतिक्रिया दिंदै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ