arrow

समुह चरणको अन्तिम खेलहरु शुरु, फ्रान्स-स्विजरल्याण्ड र रोमानिया-अल्बानिया भिड्दै

logo
प्रकाशित २०७३ असार ५ आइतबार
Euro_Fra_Sui.jpg.jpeg
काठमाडौं। युरो २०१६ अन्तर्गत समुह चरणको अन्तिम खेलहरु आजबाट शुरु हुन गईरहेको छ। नेपाली समय अनुसार सोमबार बिहान १२:४५ बजे समुह 'ए'को दुई खेल हुनेछन्। 
 
समुह 'ए'को  अन्तिम खेलहरुमा स्विजरल्याण्ड र फ्रान्स एवं रोमानिया र अल्बानिया भिड्ने छन्। फ्रान्स २ खेलमा ६ अंकका साथ पहिलो स्थानमा रहेको छ भने स्विजरल्याण्ड २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ।
 
रोमानिया २ खेलमा १ अंकका साथ तेस्रो स्थानमा रहेको छ भने अल्बानियाले २ खेलमा कुनै अंक हासिल गर्न सकेको छैन्। 
 
फ्रान्स र स्विजरल्याण्ड बिचको खेलमा स्विजरल्याण्ड पराजित नभएमा दोस्रो चरण प्रवेश गर्नेछ। फ्रान्स यसअघि नै दोस्रो चरणकाालगि योग्य भैसकेको छ। 
 
फ्रान्स-स्विजरल्याण्ड
फ्रान्स र स्विजरल्याण्डले एक अर्का बिरुद्ध ३७ खेल खेलेकोमा फ्रान्सले १६ र स्विजरल्याण्डले १२ खेलमा बिजय प्राप्त गरेका छन्। बाँकी ९ खेल बराबरीमा सकिएको छ। स्विजरल्याण्डले फ्रान्स बरुद्ध अन्तिम बिजय सन् १९९२ मई महिनामा प्राप्त गरेको थियो। त्यसपछिको ६ भेटमा स्विजरल्याण्डले फ्रान्स बिरुद्ध कुनै जित हासिल गर्न सकेको छैन्। 
 
स्वीट्जरल्याण्ड
चौथो पटक युरोकप खेलिरहेको स्वीट्जरल्याण्डले यो युरोकपमा पहिलो खेलमा अल्बानियालाई १–० गोल अन्तरले पराजित गर्दै ३ अंक हासिल गरिसकेको छ । इतिहास राम्रो नरहे पनि विगतका केही वर्षदेखि स्वीट्जरल्याण्डको प्रदर्शनमा निकै सुधार आएको छ ।
 
हाल फिफा वरियतामा १५औं स्थानमा रहेको स्वीट्जरल्याण्ड सन् १९९३ मा  विश्व वरियतामा तेस्रो स्थानमा पुगेको थियो । दश पटक विश्वकप खेलेको स्वीट्जरल्याण्ड आसन्न युरोकपमा उसको आँखा सेमिफाइनल सम्म पुगिसकेको अर्थात सेमीफाइनल सम्मको यात्राको दावेदारी प्रशिक्षकले गरिसकेका छन् । उसले आफ्नो जारी लय कायम राख्ने हो भने यसपटक ठूलो टोलीलाई धक्का दिन सक्ने क्षमता छ ।
 
फ्रान्स
विश्व फुटबलमा बलियो रहेको फ्रान्स जारी युरो कपमा समेत तेजिलो देखिएको छ । विश्व फुटबल वरियतामा हाल १७औ स्थानमा रहेको फ्रान्स सन् २००२ मा विश्व वरियताको शीर्ष स्थानमा थियो । 
 
२ पटक युरोकप जितिसकेको फ्रान्सले सन् १९९८मा भएको विश्वकपमा घरेलु मैदानमै ब्राजिललाई हराउँदै पहिलो पटक उपाधि उचालेको थियो । फ्रान्समा भएको यो संस्करणमा घरेलु टोली उपाधि जित्दै ह्याट्रिक गर्ने योजनामा छ । यद्यपि, समूह चरणपछिका खेलहरु भने कठिन हुने छन् । 
 
रोमानिया-अल्बानिया
रोामनिया र अल्बानियाले एक आपसमा कुल १६ खेल केलेका छन् । १६ खेलमा रोमानिया ११ खेलमा बिजयी रहेको छ भने अल्बानियाले २ खेल जितेको छ। दुई टोलीले एक आपसमा खेलेका ३ खेल बराबरीमा सकिएका छन्। 
 
 
रोमानिया
पाँचौ पटक युरोकप खेल्दै गरेको रोमानिया यो युरोकपको पहिलो खेलमा आयोजक फ्रान्स सग २–१ गोल अन्तरले पराजोत हुन पुगेको थियो । युरोकपमा दोस्रो उपस्थिति जनाएको रोमानियाले हालसम्म एक खेल मात्रै जितेको छ । सन् २००० मा भएको युरोकपमा क्वार्टरफाइनल सम्म पुगेको रोमनिया आफ्नो समूहको दोस्रो खेलमा स्वीट्जरल्याण्डलाई पराजित गर्दै अर्को चरण पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । हाल फिफाको विश्व वरियतामा २२औं स्थानमा रहेको रोमानिया सन् १९९७ मा तेस्रो स्थान हासिल गरेको थियो जुन उसको हाल सम्मै कै उच्च स्थान हो ।
 
सात पटक विश्वकप खेलिसकेको रोमानियाले युरोकपको छनोट चरणमा एउटा खेल पनि गुमाएको थिएन । सन् १९९०को दशकमा विश्व फुटबलमा राम्रै नाम कमाएको रोमानिया पछिल्लो समयमा फुटबलमा खासै माथि आउन सकेको छैन । यसअघि सन् २००८ को युरोमा एउटा पनि खेल नजिति समूह चरणबाटै बाहिरिएको थियो । 
 
अल्बानिया
फिफाको बरियतामा ४२औं स्थानमा रहेको अल्बानिया अगस्त २०१५ मा २२औं स्थानसम्म पुगेको थियो । सन् १९९७ मा १२४औं स्थानमा रहेको अल्बानियाले त्यहाँबाट निरन्तर प्रगति गरिरहेको छ । 
 
पहिलो पटक ठूलो प्रतियोगिता खेलिरहेको अल्बानिया युरो २०१६ को समुह ’ए’मा अल्बानिया सहित फ्रान्स रोमानिया र स्वीट्जरल्याण्ड रहेका छन् । समूह चरणको पहिलो खेलमा स्वीट्जरल्याण्ड र फ्रान्ससँग पराजित भएको अल्बानिया अंकविहिन रहँदै समूहको पुछार बाट दोस्रो स्थानमा छ । 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ