arrow

चेल्सीको लगातार पाँचौं जित, यस्तो बन्यो स्थान समीकरण

logo
प्रकाशित २०७७ फागुन ४ मंगलबार
chelsea37.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा चेल्सीले लगातार पाँचौं जित निकालेको छ । सोमबार राति भएको खेलमा चेल्सीले न्युकासल युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै लगातार पाँचौं जित बनाएर चौथो स्थानमा पुगेको हो । 

घरेलु मैदानमा चेल्सीको जितमा ओलिभर जिरु र टिमो वेर्नेरले एक एक गोल गरे । ३१ औं मिनेटमा जिरु र ३९ औं मिनेटमा वेर्नेरले गोल गरेका हुन् । 

यो जितसँगै चेल्सी लिगको चौंथो स्थानमा उक्लिएको छ । चेल्सीले २४ खेलमा ४२ अंक जोडेको छ । 

यस्तो छ स्थान समीकरण 
२३ खेलबाट म्यान्चेस्टर सिटी ५३ अंकसहित पहिलो, म्यान्चेस्टर युनाइटेड २४ खेलबाट ४६ अंकसहित दोस्रो र लेस्टर सिटी २४ खेलबाट ४६ अंकसहित तेस्रो स्थानमा छ । 

पाँचौं स्थानको वेष्टह्याम युनाइटेडको ४२ अंक नै छ । डिफेन्डिङ च्याम्पियन लिभरपुल भने ४० अंकसहित छैटौं स्थानमा छ । 

लिगमा फुल्हम, वेष्टब्रोमविच आल्बियन र शेफिल्ड युनाइटेड रेलिगेशन क्षेत्रमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ