arrow

अब नक्कली शिक्षक पनि फन्दामा

logo
प्रकाशित २०७३ असार ५ आइतबार
nakkali-sikshak.jpg.jpeg
काठमाडौं । प्रहरीको अनुसन्धान व्युरोले नक्कली डक्टरविरुद्धको कारबाही तीब्र पार्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शिक्षकविरुद्धको कारबाहीलाई तीब्र बनाएको छ । नक्कली शैक्षिक प्रमाणपत्रधारीविरुद्धको अभियानले यतिबेला चर्चा पाएको छ । 
 
केही दिन यता तराईका विभिन्न ठाउँबाट नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा थुप्रै डक्टर पक्राउ परेका छन् । यस्तै, तराईमै नक्कली शिक्षकविरुद्ध कारबाही चलेको छ । आइतबार मात्रै अख्तियारले धनुषाका शिक्षक शम्भुनारायण यादवले शुरुको नियुक्ति लिँदा पेश गरेको प्राथमिक तहको अध्यापन अनुमति पत्र नक्कली एवं झुठा रहेको भन्दै विशेष अदालतमा आरोपपत्र दर्ता गरेको छ ।  यादवमाथि भ्रष्टाचार निवारण ऐन २०४९ को दफा १६ (१) बमोजिम हदै सम्मको दण्ड सजाय हुने गरी आरोपत्र दर्ता भएको अख्तियारले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ